नेपाली बजा`रमा सुनको मूल्य बढेको छ । शु`क्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।बि`हीबार प्रति`तोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भए`को सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारो`बार हुने सुन`चाँदी व्यव`साय महा`संघले जनाएको छ ।
तेजावी सुन`को मुल्य आज प्रति`तोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्र`तितोला १२ सय ४० रुपैयाँमा का`रोबार हुने महा`संघले ज`नाएको छ । यो पनि नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घलगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए ।
सोही मागअनुसार नै सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ ।रासस
प्रतिकृया दिनुहोस्