Sunday, June 4

कोरिया बाट यसवर्ष २६ नेपाली विद्यार्थीले गरे पिएचडी

April 4, 2021 755

दक्षिण कोरियामा अध्ययनरत २६ नेपाली विद्या`र्थीले यस`वर्ष विद्यावारिधी (पिएचडी) उपाधी हाँसिल गरेका छन् । कोरियाका विभिन्न विश्वविद्यालयबाट २६ जना नेपाली विद्या`र्थीले विद्या`वारिधी उपाधी हाँसिल गरी दीक्षित हुन सफल भएको नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले जनाएको छ ।

यहाँका विश्व`विद्यालयहरुले गत फेव्रुव`रीमा आयोजना गरेको दीक्षान्त समारोहमा यो वर्ष विभिन्न तहमा उत्तिर्ण ५३ नेपाली विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेहरुमा २५ जना नेपाली वि`द्यार्थीले स्नातकोत्तर उ`त्तिर्ण गरी दीक्षित भए`का छन् भने २ जना स्नातक उत्तिर्ण रहेको समाजका सभाप`ति राजाराम श्रेष्ठले जानकारी दिए । ५३ नेपाली दीक्षित भएकोमा ३७ जना छात्र र १६ जना छात्रा रहेको बताईएको छ ।

कोरिया`मा रोजगारीसँगै अध्ययन`कालागि आउने नेपाली विद्यार्थीको संख्या`मा पछिल्ला वर्षहरुमा वृद्धि हुँदै गएको सरोकारवाला बताउँछन् । कोरिया स्नातकोत्तर र पिएचडी अध्ययन`कालागि नेपालीको मुख्य गन्त`व्यको रुपमा परिचित छ । यहाँका विश्ववि`द्यालयबाट हरेक वर्ष उल्लेख्य संख्यामा नेपाली विद्या`र्थी दीक्षित हुने गरेका छन् ।

कोरियामा अण्डर ग्याजुएट अध्ययनका`लागि भने पुर्ण छात्रवृत्ति पाउने बाहेक अन्य विद्यार्थी`कालागि आर्थिक रुपमा निकै कठिन हुने गरेको यहाँ अध्ययनरत विद्यार्थी बताउँछन् । कोरियामा विज्ञान, ईञ्जिनियरिङ, कृषि, मानविकी लगायतका विषय अध्ययनकालागि नेपाली विद्यार्थी आउने गरेका छन् । यहाँ हाल करिव २ हजारको संख्या`मा नेपाली विद्या`र्थी अध्ययनरत रहेको समाजको तथ्याङ्क छ । – खबर पेपर

प्रतिकृया दिनुहोस्