दक्षिण कोरि`यामा बसोबास गर्ने नेपाली`लगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्राल`यले नयाँ नियम बना`ई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राज`दूतावासमा समेत पत्र काटेर उक्त निय`मका बारेमा जान`कारी गराएको हो । सूचनामा प्रवे`शाज्ञा थप गर्न अनि`वार्यरूपमा राहदानीको अवधि हुनु`पर्ने बताइएको छ ।
न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदू`तावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपाली`हरूलाई उक्त कुरा जान`कारी गराएको छ । विशेषगरी इपिएस माध्यम`द्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौ`ता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवे`शाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानु`सार राहदा`नीको अवधि नभएमा प्रवेशा`ज्ञा नथपिने भएको हो ।
यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसा`बाहेक अन्य भिसा`वाहक विदेशी नागरि`कको भिसा थप गर्न अनिवा`र्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राह`दानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आ`गामी डिसेम्ब`रसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ ।
सन् २०२० मा मात्र १६ हजार १३० विदेशी नाग`रिकको राह`दानीको अवधि सकिए`को तर उनीहरूले राहदानी नवी`करण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागु भएपछि दक्षिण कोरि`यामा रहेका विदेशीहरु`लाई उचित व्यवस्थाप`न गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ । विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजि`कैको अध्याग`मनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ ।
प्रतिकृया दिनुहोस्