Monday, May 29

अब दलालमार्फत घरजग्गा कारोबार गर्न प्रतिबन्ध ! सरकारको यस्तो तयारी

April 6, 2021 1242

सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगा`उने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपे`क्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सी`मार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो ।दलालीमार्फत किनबेच हुँदा करको दा`यरामा नदेखि`एपछि सरकारले एजेन्सी`बाट किनबेच व्यवस्था गर्न लागेको छ ।

‘संसारभर एजेन्सी`मार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्यक्ष महेशप्रसाद दाहाल भन्छन्, ‘तर, नेपालमा दलालीले घर`जग्गा खोज्ने, किन्नेले चित्त बुझाएर लिएको अवस्थामा केही प्रतिशत कमिसन दिने गरेको पाइन्छ । अब त्यसलाई एजेन्सीमार्फत खरि`दबिक्री व्यवस्था मि`लायौं भने करको दायरा फरा`किलो हुन आउँछ ।’

अहिले घर`जग्गाको वास्त`विक लाभकरसमेत नतिरिए`को अवस्था छ । लाभकर जति`सक्दो कम तिरेर जग्गा पास गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिएको स`मितिको ठहर छ । एउटा जग्गा बि`क्री गर्दा त्यस`बाट ३० लाख रुपैयाँ लाभ गरे पनि उसले कुल ५ लाख रुपैयाँमा मात्रै बिक्री गरेको देखाएर ला`भकर मात्र बु`झाउने गरेको पाइ`एको दाहाल बताउँछन् ।

यद्यपि, सरकारले एजेन्सी`मार्फत घरजग्गा कि`नबेच व्यवस्था गर्नेबित्तिकै एजेन्सी स्वयं करको दायरामा आउने भ`एको छ । उसको कमिसन आम्दानीका रूपमा देखिने र त्यस`बाट राज्यले वार्षिक पाउने आयकर पनि पाउने भएको छ । समितिले सरकारलाई बजेटमा सो व्यवस्था राख्नेगरी सुझाव दिन लागेको हो । आज`को राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्