Monday, May 29

टिभीमा लाईभ रिपोर्ट गरिरहेकी महिला रिपोर्टरको माईक कुकुरले खोसेर भागेको भिडियो भाइरल

April 6, 2021 773

सोशल मिडियामा वेलावेलामा फनी भिडियोहरु भाइरल भएको देखेका नै छौं । यस्तै एक भिडियो जसमा एक महिला रिपोर्टरले लाईभ टेलिकास्ट गरिरहेकी हुन्छिन् त्यही समय एउटा कुकुरले उनको हातवाट माईक खोसेर भाग्छ । घटना रुसको हो ।

उक्त भिडियो एक जर्न`लिस्टले आफ्नो ट्वि`टरमा सेयर गरेकी छिन् । उक्त महिला मस्को शहरमा मौसम सम्वन्धि रिपोर्टींग गरिरहेकी थिईन् त्यही समय अ`चानक एउटा कुकुर आएर माईक खोसेर भाग्छ र महिला रिपार्टर कुकुरको पछि पछि लाग्छ । केही अगाडी पुगेर कुकुर रो`किन्छ र महिलाले माईक आफ्नो हातमा लिन्छिन् । कुकुरको यस्तो कृयाकलाप देखेर एंकर हाँस्छिन् । उक्त भिडियो हाल भाइ`रल भइरहेको छ ।भिडियो

फेरि देशभरि बढ्यो वायु प्रदुषण, काठमाडौंमा एक्कासि चिसो महसुस

देशभरि फेरि वायु प्रदुषण बढेको छ । बिहीबार साँझ परेको वर्षाले केही प्रदुषण घटे पनि आइतबारदेखि फेरि बढेको हो ।हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका क`णहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको जल तथा मौसम विज्ञान वि`भागले जनाएको छ ।विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ ।

धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । चितवनमा एक्युआई ३९८ छ भने ललितपुरमा एक्युआई ३२५ छ ।एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ । दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने विभागको अनुमान छ ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले तीन दिन देशभरका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ ।

वायु प्रदुषणले गर्दा काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ तर पनि मौसम सुक्खा भएका कारण चिसो बढेको हो ।

प्रतिकृया दिनुहोस्