मेष– प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ ।
वृष– चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समयबित्नेछ ।
मिथुन– रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
कर्कट– आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ ।
सिंह– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।
कन्या– श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
तुला– ेमेहनतले आम्दानी बढाउनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
वृश्चिक– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला ।
धनु– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा
दुःख पाइनेछ ।
मकर– सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् ।
कुम्भ– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।व्यापारमा भने कम मात्र फाइदा होला ।
मीन– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ ।
आजको दिन शुभ रहोस्
प्रतिकृया दिनुहोस्