Monday, May 29

संसारको पहिलो अनौठो रोबो`म्यान: आधा मानिस, आधा मेशिन

April 7, 2021 3023

प्रविधिको मामिलामा संसार निकै अघि बढिसकेको छ । प्रविधिको सहयोगले वैज्ञा`निकले हालै आधा मानिस र आधा रोबोट बनाउन सफल भएका छन् । जसलाई रोबो|म्यान नाम दिईएको छ । बेलायतका एक वैज्ञा`निकले आफूलाई रोबोम्यानको रुपमा बदलेका छन् । उन`लाई संसारको पहिलो रोबोम्यान पनि भनिन्छ ।

उनी डाक्टर पिटर स्कट मोर्गन हुन् । उनी ६२ वर्षका भए । आफू`लाई जीवित राख्नका लागि उनले संसारसामु उदाहरण पेश गरेका छन् ।डाक्टर पिटर मोटर न्युरोन नामक एक घात`क बिमारीद्वारा पीडि`त थिए, जसका कारण उनका मांशपेशी काम नलाग्ने भइरहेका थिए ।

मोर्गनको शरीरका कैयन अंगले काम गर्न छोडेका थिए । यसका लागि उनले विज्ञानको सहारा लिए । अनि रोबोटिक्सको उपयोग गरेर आफ्नो जीवनलाई एक नयाँ रुप दिए । अहिले पिटर मेशिनको सहायताले ती सबै काम गर्छन् जो एक स्वस्थ व्यक्तिले गर्छन् ।

पिटरलाई सन् २०१७ मा यो मांश`पेशी सम्बन्धी रो`ग मोटर न्युरोन लागेको जान|कारी भयो । यसपछि सन् २०१९ मा उनले आफू|लाई आधा मानव तथा आधा रोबोटको रुपमा प`रिणत गर्न शुरु गरे । जसका कारण आज उनी जी`वित मात्र छैनन् संसा`रका अगाडि एक उदाहरण समेत बनेका छन् ।’जीवनमा ज्ञान तथा प्रविधिको सह`योगले धेरै खराब कुराला`ई बदल्न सकिन्छ,’ मोर्गन भन्छन् ।

आधा मानव तथा आधा रोबोट बन्ने समय`मा मोर्गन`ले यस्ता प्रविधि खोजे जुन अविश्व`सनीय छ । उनले आर्टि`फिसियल इन्टिलि`जेन्सको मद्दतले ‘बडी ल्याङ्गवेज’ बताउने प्रविधि`को खोजी गरे । साथै उनले ‘आइ–ट्रयाकिङ्ग’ प्रविधि`को पनि खोजी गरे । यसले कैयन कम्प्युटर`लाई नियन्त्रण गर्न सक्छ ।

अहिले मोर्गन भेन्टिलटर`बाटै सास फेरिर`हेका छन् । उनलाई आधा मानव तथा आधा रो`बोट बन्ने प्रेरणा भने साइन्स फिक्सन कमि`कको क्यारेक्टर साइबोर्ग`बाट प्राप्त भएको हो । साइबो`र्ग आधा मानिस तथा आधा रोबोट हुन्छन् । ६५ वर्षीय आफ्नो श्रीम`ती फ्रान्सीस`सँग बस्दै आएका मोर्गन आफ्नो जीवन`बाट एक`दमै खुशी छन् । – रातोपाटी

प्रतिकृया दिनुहोस्