नेपालमा राणा शासनको जग बसालेर १०४ वर्षसम्म पारि`वरिक शासनशैलीको आरम्भ गर्ने वीरनरसिंह कुँवर (पछि जंग बहादुर कुँवर, जंग बहादुर राणा) को निधन भएको १ सय ४४ वर्ष भइसकेको छ तथापी उनको चर्चा अहिले`पनि चलिरहन्छ । उनको शासन शैली, क्रुरता, शाैख तथा विभिन्न किस्साहरूका कारण ।
युवराज सुरेन्द्र सन्की स्वभा`वका थिए । यस्तैमा वि.सं. १८९९ सालमा युव`राजको आदेशमा जंग`बहादुर कुँवरले ब्रम्हटो`लस्थित बाह्रवर्षे नामको खाल्डो/इनारमा हाम फाल्नुपर्यो । त्यस खाल्डो/इनारमा बाह्र वर्षसम्म काठमाण्डैबासीले राँगो, भैँसी आदिको हाड फाल्ने गरेका थिए । त्यस खाल्डो/इनारमा युव`राजले अफु`लाई भोली फाल हाल्न ल`गाउँछन् भन्ने कुराको जान`कारी भएकोले जंग`बहादुरले आफ्ना बाबु काजी बालनर`सिंहलाई सो अवगत गराए ।
बालनर`सिंहले ढाकरका ढाकर रूवा खरिद गरि त्यस खाल्डो/इनारमा खसाल्न लगाए । युव`राजको आज्ञा अनुसार भोलि`पल्ट त्यस बाह्रवर्षे खाल्डो/इनारमा फाल् हाल्दा खाल्डो/इनार भित्रको हड्डीले जंग`बहादुरको दाँया खुट्टाको कुर्कुच्चामा घोची घा`उ भयो जुन कहिल्यै राम्रोसँग निको भएन, जसका कारण जंग बहादु`रले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगा`उन पर्यो । – ओल्ड फेाटोज नेपाल
प्रतिकृया दिनुहोस्