Sunday, June 4

मज`दुरीको पैसाले किनेका ११ हजार किताब क्षण`भरमै खरानी भए

April 11, 2021 1083

उनी आफू धेरै पढेका थिएनन् तर किताब`प्रति उनको मोह यति धेरै थियो कि दैनिक ज्याला|दारीबाट कमाए`को पैसाले उनी किताब किन्थे। ज्ञान बाँड्ने अभि`लाषाले उनले एउटा पुस्ता`कालय बनाएका थिए। त्यहाँ झन्डै ११ हजार पुस्तक राखेका थिए।भारतको कर्ना`टकाको माइसुरका ६३ वर्षीय सयद इसाकले जिन्दगी`भरि दु:ख गरेर जम्मा पारेका ती पुस्तक शुक्रबार खरानी भएका छन्। राजिब नगरका स्थानी`यले पढून् भनेर उनले बनाएको पुस्त`कालयमा अज्ञात समूहले आगो लगाइ`दिएको छ।

भारतीय समा`चार पत्र द हिन्दुका अनुसार दैनिक ज्याला`दारी गरेर जीवन गुजारि`रहेका इसाकले आफ्नो पुस्त`कालयमा कन्नाडा भाषामा अनुदित भागवत् गीता, बाइबल र कुरान राखेका थिए। उनको पुस्त`कालयमा सामान्य ज्ञानदेखि विभिन्न भाषाका अरू किताब पनि थिए। उनले यो पुस्तकालय १० वर्ष|अघि स्थापना गरेका थिए।

‘आफू मजदुरी गर्ने भए पनि उनी २२ वटा दैनिक पत्रिकाका ग्राहक बनेका थिए र स्थानीयहरूले पढ्न सकून् भनेर सबै पत्रिका पुस्त`कालयमा राख्थे,’ उनको पुस्तकालयमा गइरहने पत्रकार खैसर सफदारले भनेका छन्। इसाक हरेक दिन पुस्त`कालय जान्थे, सफा गर्थे र आगन्तुक`हरूको विवरण पनि राख्थे।

इसाकलाई आफ्नो पुस्त`कालय जलाउने`हरू कन्नाडा भाषाका विरोध भएको आशंका छ। उनले त्यही आधारमा उदयगिरि प्रहरी चौकीमा उ`जुरी पनि हालेका छन्। उनको उजुरीपछि प्रहरीले घटनाबारे छानबिन थालेको छ। प्रहरीको अनुसन्धान`बाट केही मानिस`हरूले इसाकको पुस्तकालय बनाउने काम मन नप`राएको देखि`एको छ। उनीहरूले यसअघि पनि पुस्त`कालय जलाउन खोजेको प्रहरी अनु|सन्धानमा खुलेको छ।

युनिभर्सि`टी अफ मसुरको राजनीति`शास्त्र विभागका प्रमुख मु`जाफर असादीले ज्ञान बाँड्ने हिसाबले एक गरिबले खोलेको पुस्तकालय जलाउनु निन्दनीय भएको बताए।मैले मानिसहरू`लाई इसाक`लाई पैसा होइन पुस्तक दिन अनु`रोध गरेको छु ताकि आगो लगाउने`हरूले थाहा पाऊन्-ज्ञान नष्ट गर्न सकिन्न,’ उनले भनेका छन्। – सेतोपाटी

प्रतिकृया दिनुहोस्