भारतको राँचीमा कोरो`नाका कारण निम्तिएको मृ`त्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा श`वको संख्यामा अत्यधिक वृ`द्धि भएको छ । आइतबार सर्वा`धिक ६० श`वको अन्तिम संस्कार भएको छ । यी|मध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्का`र सामू`हिक चिता स`जाएर गरियो । यसबाहेक ३५ श|वलाई पाँचवटा समाधि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कांटाटोली समाधि स्थल`मा गाडियो । सबैभन्दा धेरै शवको दाह संस्का|र हरमू मुक्ति धाममा भयो ।
भारतीय सञ्चार माध्यम`मा प्रकाशित समाचारका अनुसा`र मृत`कको संख्या`मा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ । मा`निसहरुले घण्टौं प्रती`क्षा गरे तरपनि स्थान पाउन सकेनन् । त्यसैले खुल्ला रुपमा नै चिता सजाएर शव जलाउन थाले । समाधि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङ|स्थलमा नै श`व राखेर अन्तिम संस्कार गर्न थालियो ।
श`व जलाउनका लागि अब मानिसहरुको निगम–प्रशासनसँग गुहार माग्नु परिरहेको छ । मोक्षधाममा वि`द्युतीय शवदाहको मेसि|न खराब हुँदा मारवाडी सहायक समितिका पदाधिकारीलाई फोनमा अन्तिम सं|स्कारको व्यवस्था चाँडै गराउन आफन्तहरुले या`चना गरे ।
यस्तो स्थिति कहिल्यै देखेको थिइनँः हरमू मुक्तिधाममा वर्षौंदेखि शव ज|लाउने राजू रामले भने, ‘यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । मानिसहरुले जहाँ गाडी पार्क गर्छन् त्यहाँ श|वको लाइन लागेको छ । एम्बुलेन्स`बाट श`व निकालेर सडकमा नै राखिएको छ । अन्तिम संस्का|र अघिका विधि–विधान पनि गरिएका छैनन् । – रातोपाटी
प्रतिकृया दिनुहोस्