Thursday, May 6

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? हेर्नु`होस्

April 13, 2021 2177

मंगलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाले नै घटेको हो । सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार ५ सय रुपैयामा कारोबार

भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार भइरहेको छ ।

यस्तो छ आजको मौसम पूर्वानु`मान – मंगलवार देशका पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वा|नुमान महाशा`खाका अनु`सार अहिले देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको देखिन्छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भा`वना रहेको छ भने बाँकी भू-भागमा मौसम सामा`न्यतया सफा रहनेछ ।

देशको पहाडी भू-भाग|का एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भाव`ना रहेको छ। देशका केहि भू-भागमा तुँवालोको असर रहने छ।त्यस्तै आज राति देशका पहा`डी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस्