Monday, March 27

क्वारेन्टाइनमा बसेकी विवाहनै नगरेकि एक युवतीले जन्माइन् मृ त बच्चा

April 24, 2020 1694

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृ त शिशुला’ई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइ’नमा बसेकै बेला बच्चा जन्माएकी हुन् ।

मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युव’तीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृ त शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए ।

शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।

“अघिल्लो दिन उदयपुर’बाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भने’र ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । समय नपुगी जन्मिएर होला शिशु खासै स्वस्थजस्तो थिएन”, उनले भने, “मृ त शिशु प्रहरीको जिम्मा लगायौैँ र आमालाई यहाँको स्वास्थ्य संस्थामार्फत अस्प’तालमा सिफारिस गरिएको छ ।”

क्वारेन्टाइनमा बच्चा जन्माउने युवतीलाई अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोले’सनमा राखिएको छ । रक्तस्रावको केही समस्या भए पनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

कोरोनाको डरले शिशुको श’व परीक्षण भने गरिएको छैन । आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकाले कोरोनाको सङ्क्र’मण हुनसक्ने डरले परीक्षण नगरेको बुझिएको छ ।

शिशुको श व परीक्षण गरे-नगरेको विषयमा इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले कुनै प्रतिक्रिया दिएनन्। “अविवाहित भनिएकी युवतीले मृ त शिशु जन्माएकी हुन् ।

अहिलेलाई यत्ति भनौँ । शिशुको श’व परीक्षणलगायतका कुरा पछि गरौँला नत्र माथिल्लो निकायमा सोध्नुस्”, प्रहरी निरीक्षक राईले भने । रासस

प्रतिकृया दिनुहोस्