Friday, June 9

यो हप्ताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य कति पुग्यो ? हेर्नु`होस्…

April 17, 2021 1277

नेपाली बजारमा सुनको मूल्य बढि`रहेको छ । बिहीवार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य हिजो शु`क्रबार पनि ७ सय रुपैयाले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसा`यी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य आज ७ सय रुपैयाले बढेर तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रति`तोला ९० हजार रुपैयाँमा कारोबार भ`इरहेको थियो ।

नेपाली राजनीतिक न्युज … प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् । आज बिहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालु`वाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्ड`लाई टेलिफोन गरेर आमन्त्रण गरेका थिए । तर बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ । यस्तै बैठकबारे नेता माधवकुमार नेपाललाई जानकारी नभएको बता`इएको छ । कोरोनाभाइरस संक्रमणको दोस्रो लहरको महामारी, यसको नियन्त्रण तथा समसायमयिक राजनीतिक विषयमा छलफल गर्न प्रधान`नमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअ`घि समसामयिक राजनीतिक परिस्थिति`माथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।ओली नेतृत्वको सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्रसहितका दलहरु स`क्रिय बनेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्

प्रतिकृया दिनुहोस्