Monday, May 29

आजको द भ्वाईस नेपालको लाईभ प्रस्तुति हेर्नु`होस् (भिडियो सहित)

April 17, 2021 826

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को ब्लाइन्ड अडि`सन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमा`लय टेलिभिज`नले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपाली`को मन जितेको थियो ।

यो शोको तेस्रो सिजनका लागि शनिवा`रबाट केही अघि डि`जिटल अडिसन गरिएको थियो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभा`हरुले यो रिया`लिटी शोमा भाग लिन पाउने डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भि`डियो रेकर्ड पठाई आवेदन दिएका थिए ।

अडिसनमा नेपाली नागरिक`मात्र नभई नेपाली भाषा`मा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्ने प्रावधान छ । यस्ता प्रति`भाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठ`माण्डौमा भौतिक`रुपमै उपस्थित भने हुनुपर्नेछ ।

यसरी सुरु हुन्छ भ्वाइस नेपालको डिजिटल अडिसन

‘दि भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफि`सियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भ`रेपछि मोबाइ`लमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अ`डिसनमा सह`भागीताको प्रमाण`स्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

तर, मोबाइल एप`मार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वा`इस अफ नेपाल’का पेजमार्फत् पनि अडि`सनमा सह`भागी हुन सकिने छ । प्रयोग`कर्ताले फेस`बुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।

कुनैपनि डि`जिटल माध्य`ममा पहुँच नहुने प्रतिभा`हरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरने`टको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर पनि अडिस`नका लागि सम`न्वय गर्न सक्नेछन् । आवेदक`हरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएप`मा पनि भि`डियो रेकर्ड गरी पठाएर अडि`सनमा सहभागी हुन सक्ने`छन् ।

सिजन २ मा आफ्नो टी`मका राम लिम्बु`लाई उपाधि दिला`उन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद खरेलले सिजन ३ को उपाधिका लागि दावेदारी`सहित अडि`सनमा आउन नव`प्रतिभाहरु`लाई आह्वान गरेका छन् ।यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सि`जन ३ मा नयाँनयाँ प्रतिभासँग काम गर्न आफु निकै उत्साहित रहेको बताए ।

‘दि भ्वाइस अफ नेपाल’का निर्दे`शक लक्ष्म`ण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभा`हरुलाई ब्लाइन्ड अडि`सनमा सहभागी गराइएको छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । आजको लाईभ प्रस्तुति

प्रतिकृया दिनुहोस्