Thursday, May 6

फेरि पनि बढ्यो नेपालमा पेट्रोलियम पदार्थको मूल्य, प्रति लीटर कति पुग्यो ? हेर्नुहोस्

April 18, 2021 528

नेपाल आयल निगमले आज पुनः पेट्रो`लियम पदार्थ`को मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करो`ड घाटा हुने अवस्था आए`काले मूल्य वृद्धि गरिए`को हो ।

निगमका अनुसार पेट्रोल, डिजल, मट्टी`तेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु एकका दरले वृद्धि गरि`एको छ । नयाँ मूल्यअ`नुसार पेट्रोल प्रतिलिटर रु १२१ पुगेको छ । डिजल र मट्टी`तेलको मूल्य प्रतिलिटर रु १०४ पुगेको छ ।

आन्तरिक उडानत`र्फको हवाइ इन्धनको सावि|कको बिक्री मूल्यमा रु दुई वृद्धि हुँदा प्रतिलिटर रु ७६ पुगेको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उ`डानका ला`गि प्रयोग हुने हवाई इन्ध`नको भने मूल्यवृद्धि गरिएको छैन ।

निगमका अनुसा`र मूल्य वृद्धिपछि पनि निगम`लाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४१७ ४७ पैसा घाटा रहे`को छ । त्यस आधारमा १५ दिनमा रु ७० करोड ६६ लाख `घाटा हुनेछ ।

निमगका प्रव`क्ता विनि`तमणि उपाध्या`यका अनु`सार नेपाल भारत सीमाको रक्सो`लको तुलनामा वीर`गञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रति`लिटर ३५ रुपैयाँ ४१ पैसा नेपाल`तर्फ सस्तो छ । – न्यूज२४ नेपाल

प्रतिकृया दिनुहोस्