वालिङ नगरपालिका–१ रामबाच्छाका बालबालि’काले बिरालो ठानेर घरमा ल्याएको जनावर । चरीबाघ डमरु रहेको पुष्टी भएको छ। स्थानीय बालबालिकाहरु खेल्ने क्रममा देखेपछि बिरालोको बच्चा भन्दै खेला’उँदै घर ल्याएका थिए।
परिवारले पनि बिरालो भन्दै घरमा पाल्ने नि’र्णय गरे। तर, परिवा’रलाई बिरालाको जस्तो स्वाभाव लागेन । बिरालाले जस्तो म्याउ शब्द ननिकाली बाघले झैं घुर्न थालेपछि परिवारले प्रदेश’सभा सदस्य मोहन रेग्मीलाई खबर गरे। सांसद रेग्मीले डिभिजन वन कार्यालय स्याङजाका प्रमुख कोमलराज काफ्लेलाई खबर गरी डमरु लिएर कार्या’लयमै पुगे ।
‘झट्ट हेर्दा बिरालो जस्तो पनि होइन, बाघ पनि होइन जस्तो लाग्यो।’ प्रमुख काफ्लेले भने– ‘धेरै पटक उस’का विभिन्न अंग हेर्दै अनुसन्धान गरेंपछि मात्र डमरु नै लाग्यो।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत चरीबाघ संरक्षित वन्यजन्तुमा पर्दछ भने अन्र्तराष्ट्रिय कानून साइटिस अनुसा’र चरी बाघलाई लोपोन्मुख प्रजातीमा राखिएको काफ्लेले जानकारी दिए। करिब ४÷५ महिने डमरु आमा खोज्दै बाहिर आएको हुनसक्ने अनुमान उनको छ ।
अहिले सो डमरु डिभिजन कार्यालय स्याङ’जामा राखिए’को छ । डमरुले दुध, भात र कुखुराको मा’सु खाने गरेको छ । कार्यालय’ले केही दिन पालेर ठूलो बनाएर जंगलमै छाड्ने वा कास्की स्थित पचभैयामा रहेको जनावर उद्धार केन्द्रमा पठा’उने भन्ने बारेमा छलफल भइरहेको डिभिजन प्रमुख काफ्लेले जानकारी दिए । यसबारे भने लकडाउन खुलेपछि निर्णय गरिने भएको उनले बताए । यो खबर अन्नपुर्ण पोस्ट बाट लिईएको हो ।
प्रतिकृया दिनुहोस्