Thursday, June 1

ड्राइभर बिना गुडि-रहेको टेस्लाको कार दुर्घघ`टना हुँदा २ को मृ`त्यु

April 21, 2021 599

अमेरि`कामा टेस्ला कम्पनीले बनाएको ड्राइभर`बिना चल्ने एउटा कार दुर्घटना हुँदा दुई जनाको मृ`त्यु भएको छ। उत्तरी ह्युजटनमा स्थानीय समय`अनुसार गत शनि`बार राति उक्त कार रोड`बाट बाहिर गएर एउटा रूखमा ठोक्किए`को थियो।

२०१९ टेस्ला मोडल एसको उक्त कार तीव्र गतिमा गइ`रहेको र घुम्तीमा अगाडि`को बाटो थाहा नभएर रोड`बाट बाहिर गएको अनु`मान गरिएको छ। रूखमा ठोक्किए`पछि कारमा आ`गो लागेको थियो।

दुर्घ`टनापछि उद्धार`कर्मीहरू पुग्दा एक जना`लाई ड्राइभर`सँगैको यात्रु सिटमा र अर्का`लाई पछाडिको सिटमा फेला पारेका थिए। अर्थात् चालक`को सिटमा कोही पनि थिएनन्। दु`र्घटनाबारे टेस्ला कम्पनी र राष्ट्रिय हाइवे ट्राफिक सुरक्षा प्रशा`सनले कुनै प्रति`क्रिया दिएका छैनन्।

टेस्लाले कम्पनीले बनाएका अर्धस्व`चालित कार`माथिको नियामक निकायले निगरानी बढाएका बेला यो दुर्घटना भएको हो। टेस्लाले आफ्ना कार`हरूमा अर्ध€स्वचालित प्रणालीलाई छिट्टै पूर्ण स्वचालित बना`उने तयारी गरि`रहेको छ।

गत मार्चमा अमेरिकाको अटो सेफ्टी एजेन्सीले टेस्लाका गाडी दुर्घटनामा परेका २७ घटनाको अनु`सन्धान थालेको बता`एको थियो। टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत जनवरीमा पूर्ण`स्वचालित प्रणाली`सहितका कार`बाट कम्पनीको नाफा निकै बढ्ने अपेक्षा रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस्