कोभिड–१९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लक’डाउन सहज बनाए पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रूपमा काम गर्ने स्थिति नरहने विज्ञहरूले बताएका छन् ।
लामो समयसम्म लकडाउन जान नसक्ने अवस्था’मा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रूपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको छ । त्यसको उपायको खोजी गर्न थालिएको छ ।
‘मुलुकमा लकडाउन कसरी खोल्ने, कुन मोडेलमा जाने, कसरी संक्रमणको स्तर न्यून राख्दै मुलुकलाई विस्तारै कार्य व्यवहा’रमा फर्काउनेबारे छलफल सुरु गरेका छौं,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक एवं जनस्वास्थ्यविद् महेन्द्रप्र’साद श्रेष्ठ भन्छन्, ‘लकडाउन पूर्ण तयारी’साथ खोल्नुपर्छ, त्यसमा पनि मुलुककै स्थान विशे’षका लागि त्यहाँको स्थितिअनुसार फरक–फरक प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।’
वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्था’मा विज्ञह’रूले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका हुन् । लकडाउनको एक महिनापछि राजधानी’मा बिहीबार’देखि कोभिड–१९ का बिरामीविहीन बनेपछि अझ एक/दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभा’ड नहुने गरी व्यक्तिगत दूरी कायम राखेर राज’धानी केही खुकुलो गर्ने संके’त स्वास्थ्य मन्त्रालयका अधिका’रीले दिएका छन् । उनीहरू’ले संक्रमण नियन्त्रणको उपायअनुसार केही ‘नियन्त्रण’ सहित काम गर्ने सुझा’व दिएका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहेनोम घेबरेयेससले समेत भर्चुअल पत्रकार सम्मेलन’मा ‘लकडा’उन’ वा नियन्त्रण हटाउनुको अर्थ कुनै पनि देशमा महामारी’को अन्त्य नभई यो दोस्रो चरणको सुरुवात मात्र रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘दोस्रो चरण’मा मुलुकहरू’ले आफ्नो नागरिकसँग कुराकानी गरेर उनीहरू’लाई शिक्षित र सशक्त बनाउनुपर्छ, जस’ले गर्दा यो समस्या (भाइरसको संक्रमण) पुन: तीव्र गति’ले उदय हुँदा जवाफी कारबाही गर्न सकियोस् ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्