Thursday, June 1

कतारको मुद्रा असार १७ देखि नचल्ने, नेपालीलाई सतही गर्न राष्ट्रबैंकको आग्रह

April 21, 2021 642

हाल चलन`चल्तीमा रहेको चौथो संस्कर`णको कतारको मुद्रा नचल्ने भएको छ ।कतार सरका`रले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्क`रणका बैंक नोटहरु चलन|चल्तीबाट हटाउने नि`र्णय गरेको हो ।

त्यसैले कतारी रियाल यथा`शीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपाली`हरु`लाई आग्रह गरेको छ ।राष्ट्र बैंकले त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गरि`दिने बताएको छ । २७ गते|पछि भने सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदे`शस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजत`प्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजत`प्राप्त मनिचेन्जर`हरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।यसअघि भारतले पूर्व-जानकारी नै नदिई नोट`बन्दी गर्दा ठूलो परिमा`णको भारतीय रुपैयाँ नेपा`लीले साट्न पाएका थिएनन् । – अनलाइन खबर

प्रतिकृया दिनुहोस्