Sunday, June 4

२२ तले अत्याधुनिक धरहराको प्रधानमन्त्री ओलीबाट भव्य तरिकाले उद्घाटन (भिडियो सहित)

April 24, 2021 769

प्रधानमन्त्री केपी शर्मा ओ`लीले पुनर्निर्मित ऐतिहासिक धरह`राको उदघाटन गरेका छन् ।आज शनिबार एक कार्यक्रमका बिच धरहरामा राखिएको शिला`लेख अनावरण प्रधा`नमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात ओली धरहराको लिफ्ट`बाट २० औं तलामा रहेको बाल|कोनीमा पुगेर पुष्प वृष्टि|समेत गरेका छन् ।

२२ तले सुविधा`सम्पन्न आधुनिक धरह|राको बाहिर आवर`ण पुरानै भएपनि भित्रि भाग भने आधुनिक रहेको छ । २०७२ सालको विनासकारी भुकम्प`ले माटोमा वि|लिन भएको ऐतिहासिक धरहरा पुर्ननि`मार्ण ध`रहराको ओलीले २०७५ पुस १२ गते शिलान्या`स गरेका थिए ।
भिडियो हेरौं

यो पनि पढौं …..ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ हुन्थ्यो : मेयर शाक्य

प्रधानमन्त्री केपी शर्मा ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरका प्रमुख (मेयर) विद्यासुन्दर शाक्ले बताएका छन् । शनिबार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको भए यो टावरको नाम ‘केपी टावर’ रहने उनले बताए ।

उनले भने, ‘सायद आज ओली नभइ राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला । किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन ।’उनका अनुसार राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेका छन् ।

राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि उनले बताएका छन् । तर, अहिले केही काम गर्दा खाेइराे खन्ने प्रवृत्ति रहेकाे बताए । पुरानो धरहरालाई संरक्षण गरेर राख्ने नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको उनले बताए ।

पहिलाे प्रधानमन्त्रीत्व कार्यकालमा प्रधान`मन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले बताए । अुनसार ०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा उनले प्रधामन्त्रीलाई धन्यवाद समेत दिए ।

पछिल्लो समय काठमाडौंं धुलो, धुवाँरहित भएको पनि उनको दाबी छ । गर्न सके केही पनि असम्भव नहुने बताउँदै काठमा`डौंलाई हेर्नलायक बनाउने पनि उनले घोषणा गरेका छन् ।साथै दरबार हाइस्कुल र रानीपाेखरी पनि पुनर्निर्माणपछि उद्घाटन सम्पन्न भइसकेको उनले स्मरण गराए ।

प्रतिकृया दिनुहोस्