Sunday, June 4

धरहरा चढ्न सयौंको संख्यामा सर्वसाधारण गेट उछिनेर भित्र पसे (भिडियो सहित)

April 24, 2021 1417

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जो`डिएको धरहरा निर्माण सम्पन्न हुँदा खु`शी अनुभव भएको बताउनुभएको छ ।छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारो`हलाई सम्बोधन गर्नुहुँदै उहाँले इति`हाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।

इतिहास झल्कने, आधु`निकता टल्कने गरी धरह`रा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठ`माडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यस|अनुरुप यो निर्माण हुन नसके पनि बन्दा स`बैलाई खुशी लागेको छ”, उहाँले भन्नुभयो ।

म बनाउँछु, मेरो धरहरा अभिया`नअन्तर्गत रु २४ क`रोड जम्मा भएको पनि उहाँले कार्य`क्रममा बताउनुभयो । धरहरा ढल्दा हामीलाई आफैँ ढले जस्तो र ठडिँदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको प्रधानमन्त्री ओलीले बता`उनुभयो । आधुनिक सामग्री प्रयोग गरेर नभत्किने खा`लको धरहरा निर्माण भएको जान`कारी कार्यक्रममा गराइएको थियो ।

विसं २०७२ वैशाख १२ गते धरह`रा ढलेर निधन भएका ६० जनाको परिवा`रका एक\एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगा`री दिने घोषणा पनि प्रधान`मन्त्री ओलीले गर्नु|भएको छ । धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृ`तकका परिवारलाई प्राथमि`कताका साथ रोजगारी दिने उहाँको प्रतिबद्धता छ ।

“विसं २०७८ मा राजधानीका सडकलाई सहयो`गापेक्षी, बालबालिका र भिखारीमुक्त हुने गरी स्थापित गर्न ला|गिएको छ, अब कोही अलपत्र हुन्न, सरकारले अभि`भावकत्व लिन्छ”, प्रधानमन्त्री ओली`ले भन्नुभयो ।खनिज एवं प्राकृतिक सम्पदालेयुक्त नेपाललाई सम्पन्न र दाता राष्ट्रका रुपमा अघि बढाउने योज`नामा सरकार लागेको उहाँ`को भनाइ थियो । मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता जनता|लाई आवश्यक सामग्री देशमै उत्पादन गर्ने गरी उत्पादक देशका रुपमा स्थापित गर्न लागिएको प्रधानमन्त्री ओलीले बताउनु|भयो ।

आयोजक रा`ष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्य`कारी अधिकृत सुशील ज्ञवा`लीले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा सङ्ग्र`हालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थल`लगायत संरचना पनि निर्माण भइरहे|को बताउनुभयो ।

काठ`माडौँ महानगर`पालिकाका प्रमुख विद्या`सुन्दर शाक्यले धरह`राको बार्दलीबाट काठमाडौँ उपत्यका स्वच्छ र सफा देखिएको बताउनुुभयो । रानीपो`खरीको दोस्रो बिस्तारको चरणमा पनि काम शुरु गर्न लागिएको जानकारी उहाँले गराउनुभयो । काष्ठमण्डपको पुनःनिर्माण`समेत सम्पन्न हुन लागेको महा`नगर प्रमुख शाक्यले सुना`उनुभयो ।

प्राधिक`रणका सचिव मणिराम गेलालले सुन्धा`रा क्षेत्रमा धरहरा, भूकम्प एवं मुद्रा सङ्ग्रहालय, आकाशेपुल, पार्किङ, बगैँचालगायत संरचना निर्माणका लागि रु पाँच अर्ब ७६ करोड लागत अनुमान गरिएकामा रु तीन अर्ब ४८ करोडको लागतमा ठेक्का भई काम भइरहेको जान`कारी गराउनुभयो ।

विसं २०७५ पुस १२ गते शिलान्यास भएको धरहरा`लगायत संरचना जिआइटिसी\रमण जेभी कन्स्ट्रक्सनले निर्माणको काम गरिरहे`को जानकारी सो अवसरमा गराइएको थियो । – न्युज२४ नेपाल

त्यस्तै सर्व`साधारणको लागि भने आज धरहरा अवलो`कनको लागि बन्देज लगाइएको थियो । तर पनि सर्वसा`धारण को भिड धरहरा चढ्ने कोसिस गरेका थिए । भिडियो

प्रतिकृया दिनुहोस्