Sunday, June 4

एकैदिन दिदीभाइ एउटै मण्डपबाट बिहे गर्ने थियो तयारी, तर जन्ती जाने दिनमा जानुपर्यो मलामी

April 25, 2021 2273

एकैदिन दिदी भाइ एउटै मण्डप`बाट बिहे गर्ने गरी कपिल`वस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परि`वारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलि`मिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजा`इएको माहोलमा एकाएक मौनता छायो । शनि`वार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवा`रका सबै सदस्य अचा`नक काठमा`डौंतर्फ लाग्नुपर्ने बाध्यता आयो ।

उहाँहरु काठ`माडौं हिँडे€पछि बिहेको तयारी एका`एक रोकिएको छ । बिहे घरमा लगाइ`एको टेन्ट उतारिएको छ । जन्ती जा`नेका मनमा पीडा थपिएको छ । बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना सङ्क्र`मण भइ काठ`माडौं उपचा`रमा रहेका घरको सदस्य का`काको मृ`त्यु भएपछि परिवार शोक`मग्न भएको छ । वर्ष ५२ का मृ`तक जित`पुरमा व्यव्साय गर्दै आउनुभएको थियो । दी`र्घरोग र अन्य कुनै रो`गको सम`स्या थिएन ।

स्थानीयका अनुसार केसी परिवारको घ`रमा ठूली छोरी र भाइको एक पटक बिहेको तयारी भएको थियो । कोरोना स`ङ्क्रमित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि छोरीलाई शुक्र|वार रातीनै विवाह गरी दिएका थिए । शनिवार छोराको जन्ती जाने कार्यक्रम थियो । तर बिहानै उप`चारका क्रममा काठमाडौमा मृ`त्यु भएको खबरले जन्ती जानु अगाडि मृ`त्युको खवर आएपछि विवा|हको काम रोकिएको छ ।

वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ, हट्टा`कट्टा मानिसले ज्यान गुमाउनुपरेको छ । शनिवार बिहान निध`न भएका केसीलाई दीर्घ`रोग र अन्य रोगको स`मस्या थिएन । उहाँको अप्रत्या`शित देहान्तले कोरोनाले स्वस्थ्य मानिसलाई पनी मृ`त्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजाग`र गरेको छ ।

सोही नगरपालिकाका वडा नं। ४ राजापानीमा होटेल संचालन गरेका ३० वर्षीय हट्टाक`ट्टा युवक पनि कोरोनाको कारणले ज्या`न गुमाउने परेको थियो । आँखा अगाडिका घटना बा`हिर आउँदा पनि स्थानीय भने सचेत भएका छैनन् । हाल कपिलवस्तुमा १२० जना कोरोना सङ्क्र|मित छन् ।

तीमध्ये आठ जना भेन्टिलेटर र १० जना आइसीयुमा उपचा`रका क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिल`वस्तुमा हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । कोरोना बढ्दै जाँदा सरोका`रबाला निकायले ठोस कदम चाल्न सकेका छैनन् ।

यता स्थानीय सरकारले भने विपतको जो`खिम कम गर्नका लागि तत्परता देखाएका छैनन् । पालिकाका मुख्य स्थानमा हाट|वजार संचालनमा छन् । विद्यालय`समेत परीक्षा गर्ने भनी संचालनमा छन् । मुख्य चोकमा र बैंकहरुमा भीड`भाड छ । जसले गर्दा कपिल`वस्तुमा दोस्रो लहरको कोरोना फैलिन सक्ने सम्भावना देखिन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ । ( साङ्केतिक फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्