Thursday, June 1

अब काठमाण्डौ बाहिरपनि डिशहोम फाइबरनेट, डिशहोमका ग्राहकलाई निशुल्क १० एम.बीपी.एस

April 26, 2021 838

नेपालको एक मात्र डीटीएच सेवा`प्रदायक कम्पनी डिशहोम अन्तर्गतको डिशहोम फाइ`बर नेटको सेवा हेटौंडामा सुरु भएको छ । कम्पनीले पहिलो पटक उपत्यका बाहिर हेटौंडामा आफ्नो एफटी`टीएच इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

यस अघि कम्पनी`को फाइ`बर नेट सेवा काठ`माडौंका केही स्थानमा मात्र सीमित रहेको थियो । हेटौंडामा फाइबर नेट सेवा सुरु भएसँगै अब त्यस क्षेत्रका डिश`होम प्रयोग`कर्ताले समेत १० एमबीपीएस गतिको इन्टरनेट सेवा निःशुल्क रुपमा प्रयोग गर्न पाउने भएका छन् ।

कम्पनी`ले यसका लागि नजिक`को डिश`होम डिलर दाइमा सम्पर्क राख्न आग्रह गरेको छ । कम्पनीका अनुसार हेटौंडामा संगम चौक, थाना भर्‍याङ, चाइना क्वार्टर, गल्फिनटार, सानो`पोखरी, नगरपा`लिका रोड, बसपार्क, स्वर्गरा`लोक र चौकी टोलमा यो सेवा उपलब्ध छ ।

अन्य कहाँ कहाँ छ कम्पनीको फाइबरनेट ?

उपत्यका बाहिर हेटौंडा नै कम्पनी`को पहिलो गन्तव्य हो । त्यस बाहेक काठ`माडौं उपत्य`कामा हाल ललितपुर र काठ`माडौं जिल्लामा क`म्पनीले फाइबर नेट सेवा उपलब्ध ग`राइरहेको छ ।

जसअनुसार काठमाडौंमा जडिबुटी, काडा`घारी, पेप्सीको`ला, चाबहिल, बौद्ध, जोरपाटी, कपन, बुढानिलकण्ठ, बसुन्धारा, धापासी र टोखामा फाइबर नेट सेवा पुगेको छ ।

त्यस्तै गोङ्गबु, महारा`जगंज, बालुवाटार, चण्डोल, धुम्बाराही, चप्पल कारखाना, सुकेधारा, मन्डिखाटार, बालाजु, माछा`पोखरी, नेपालटार, मनमैजू, फुटुङ, धर्मस्थली, सामाखुशी, सोह्रखुट्टे, खुशीबू र रानिबा`रीमा समेत कम्प`नीले आफ्नो सेवा दिइरहेको छ ।

त्यस्तै ललि`तपुरमा सानेपा, कुपण्डोल, झम्सिखेल, पुल्चोक, धोबीघाट, जावलाखेल, कुमारीपाटी, लगनखेल, सातदो`बाटो, नख्खु, बागडोल, भैंसेपाटी, छम्पी, ग्वार्को, हात्तीवन, ईमाडोल र लुभुमा डिशहोम फाइबर नेट पुगेको छ ।कम्पनीले क्रमशः अन्य क्षेत्रका ग्राहकहरुलाई समेत फाइबर नेट सेवा उपलब्ध गराउने जना`एको छ । – टेक पाना

प्रतिकृया दिनुहोस्