Friday, December 1

आज आईतबारको राशिफल हेर्दै तपाईको दिनको सुरुवात गर्नुहोस

April 26, 2020 1924

मेष– विद्यामा कमजोरी र लेनदेनमा वि’वाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि
अल्झनुपर्ने देखिन्छ ।

वृष– आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।

मिथुन– प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।

कर्कट– रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।

सिंह– प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।

कन्या– रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

तुला– परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।

वृश्चिक– तपाईंको ईर्ष्या गर्नेहरूले काममा अव’रोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

धनु– अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने छ ।

मकर– व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कुम्भ– विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन
सक्छ।

मीन– अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

आजको तपाईंको दिन सुभ बितोस्।

प्रतिकृया दिनुहोस्