काबुलबाट भा ग्ने क्रममा अमेरिकी सै न्य विमानबाट खसेर म`र्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधि`कारीहरूले पुष्टि गरेका छन् ।
विमान`बाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफ`गानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृ त्युबारे थप जानकारी भने सार्व जनिक गरि`एको छैन ।
अफगा`निस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइ`रेक्टरेटले अनवरीको नि`धनप्रति श्रद्धा`ञ्जली प्रकट गरेका छन् । ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र सम`कक्षीका लागि भगवान`सँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ । अन्यले पनि सामा`जिक सञ्जालमा उनीप्रति श्रद्धा`ञ्जली अर्पण गरिरहेका छन् ।
तालिबानले अफ`गानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिक`हरू देश छाडेर भागिरहेका छन् । पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धा र गर्न थाले`पछि अफगान नागरिक`हरू पनि काबुलस्थित विमान`स्थलमा पुगेका थिए ।
सोमबार अमेरिकी एयर`फोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिस`हरू कुद्दै गरेको र केही विमानको चक्का`माथि झुन्डिएर बसिरहेको भिडियो बाहिर आएको थियो ।
स्थानीय मिडियाका अनु`सार कम्तीमा दुई जनाको विमानमा खसेर मृ त्यु भएको छ । यता, कतार आइ`पुगेको विमानको ल्यान्डिङ गियरमा मानिसहरूको श व फेला परेको पुष्टि भएको छ । – रातोपाटी
प्रतिकृया दिनुहोस्