बाघको मुखमा फसेका एक जना गोठा`लालाई उनी आफैंले पालेका भैंसीहरुले ब`चाएका छन् । जंगलमा भैंसी चराएर फर्किने क्रममा बा`घको आक्र`मणमा परेका उनलाई आफूले पालेका भैंसी`हरु झुण्डमा आएर बाघलाई धपाएर बचाएका हुन् । भारतको बांधव`गढ टाइगर रिजर्भको पनपथा कोर जोनमा ती गोठा`ला बाघको आक्रमणमा परेका थिए । आक्र`मणमा परेर घा|इते भएका उनलाई अस्पता|लमा भर्ना गरिएको नवभारत टाइम्सले जनाएको छ ।
अस्पता`लमा मिडियासँग कुरा गर्दै ती गोठालाले बाघको आक्र`मणपछि आफूले ‘अब म मरें’ भन्ने विश्वास गरेको बताए । उनको मानपुर सामुदायिक स्वास्थ्य केन्द्रमा उप`चार भइरहेको छ । मानपुरका बीएमओ डा. बी के प्रसादका अनुसार उनको अवस्था ख`तरामुक्त छ । २६ वर्षका गोठाला लल्लु यादवका अनुसार त्यस दिन पनि उनी सधैंझैं आफूले पालेका भैं`सीहरु चराउन गएका थिए ।
दिउँसो करिब ३ बजेतिर भैंसी`हरुलाई पानी खुवाएर उनी गाउँतिर फर्किंदै थिए । फर्किने क्रममा अचानक उनलाई पछाडिबाट बाघले आक्रमण गर्यो । त्यसपछि उनका भैंसी`हरुले तत्का`लै झुण्डमा आएर बाघमाथि आक्र`मण गर्न खोजे । भैंसीहरुले आफूलाई घेरा हालेको देखेपछि बाघ डराएर भाग्यो र ती गोठा`लाको ज्यान बच्यो । बाघ भा`गेपछि उनले वन विभागलाई यसको सूचना दिए ।
सूचना पाएपछि घट`नास्थल पुगेको वन विभागको टोलीले लल्लु`लाई उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको थियो । लल्लुले भने ‘बाघले झम्टि`नेबित्तिकै म भुइँमा ढलें । बाघको पञ्जा काँधमा र गालामा लागेको थियो । त्यसप`छि मैले अगाडि हेर्दा बाघ देखें । बाघले फेरि आक्र`मण गर्नै लाग्दा भैंसी|हरुले ठूलो आवाज गर्दै त्यहाँ घेरा ब`नाए । भैंसीले घेरेको देखे`पछि बाघ भाग्यो ।’ – डिसी नेपाल
प्रतिकृया दिनुहोस्