स्वास्थ्य तथा जनसंख्या मन्त्राल`यले नेपालका हाल १२ जिल्ला`मा सक्रिय संक्रमि`तको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ ।मन्त्राल`यको तथ्यांक अनुसा`र काठमाडौं उपत्य|काका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्र`मितको संख्या ५०० भन्द बढी छ ।
यसैगरी १० वटा जिल्ला|मा २ सय भन्दा बढी सक्रिय संक्र`मित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जस`मा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।
त्यस्तै नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ३४ हजार नाघेको छ ।पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ । यसअघि हिजो बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ थियो । – खबर हब
प्रतिकृया दिनुहोस्