फेसबुकले आफ्ना म्यासेजिङ एपहरुमा इन्ड–टु–इन्ड इन्क्रिप्सन कार्यान्वयनमा ल्याउने भएको छ । सबै म्यासे`जिङ एपमा स्वत: लागू गर्ने गरी फेसबुकले तयारी थालेकाे हाे ।
यसअघि फेस`बुकले विज्ञसँगको गरेको भर्चु`अल वर्कशप आयोजना गरेको थियो । प्राइभेसीसँग सम्बन्धित उक्त वर्कशपमा फेस`बुकले आफ्ना सबै म्यासेजिङ एपमा इन्ड–टु–इन्ड इन्क्रिप्सन लागू गर्ने याेजना ल्याएकाे उल्लेख गरेकाे छ ।
यसअघि यो फिचर फेस`बुकले ह्वाट्स`एपमा मात्रै उपलब्ध गराउँदै आएकाे थियाे, जुन प्रयोग`कर्ताको प्राइ€भेसीको हिसाबले उत्कृष्ट मानिन्छ । अब भने यस्ताे फिचर फेसबुक म्यासेन्जरमा पनि उप`लब्ध हुने भएकाे छ ।
‘हामी इन्ड–टु–इन्ड इन्क्रिप्सन हाम्रा सबै म्यासे`जिङ एपमा उपलब्ध गराउने तयारी गरि`रहेका छौ,’ फेसबुकले भन्यो, ‘जसले प्रयोग`कर्ताको प्राइभेट म्यासेजमा सेन्डर र रिसिभरले मात्रै एक्सेस गर्न सक्नेछन् । यसको अर्थ उक्त म्यासेज`मा हाम्रो पनि कुनै एक्से`स हुने छैन ।’
यो फिचर इन्स्टाग्राम डा`इरेक्टमा पनि प्रभावकारी रुपमा का`र्यान्वयनमा ल्याइने जना`इएकाे छ । कम्पनीका अनुसार इन्ड–टु–इन्ड इन्क्रिप्सन फिचर सन् २०२२ को सुरुवातसम्म प्रयोग`कर्तामाझ उप`लब्ध भइसक्ने छ । – टेक पाना
प्रतिकृया दिनुहोस्