Thursday, June 1

कोरोनामा मुख्यमन्त्रीको नातेदारको बिहे रोक्न गएका प्रहरीलाई कारवाही (भिडियो सहित)

May 5, 2021 635

जसको शक्ति उसको भक्ति, साना`लाई ऐन ठूलालाई चैन भन्ने उदाहरण नेपालमा मात्र लागू हुँदैन । भारतमा पनि त्यस्तै भएको छ । मुख्य`मन्त्रीको आफन्तले कोरोना महा`मारीमा धुमधाम`संग विवाह गरि`रहेका थिए ।

सरकारले तोकेको माप`दण्ड पुरै उल्लंघन गर्दै धुमधामसंग विवाह भइरहँदा अचानक प्रहरी पुगे । प्रहरी अधि`कारीले विवाह बन्द मात्र गरा`एनन् विवाह गराउँदै गरेका पण्डित`लाई गलत्याए । कानुन पालना गर्न गएका उनै प्रहरी अधि`कारी निलम्बनमा परेका छन् ।

भारतको त्रिपुरा राज्य`का डिस्ट्रिक्ट मजिस्ट्रेट (डिएम) शैलेशकुमार यादव निलम्बनमा परेका हुन् । उनलालाई राज्य सर`कारले कानुन हातमा लिएर अ भ द्र व्यवहार गरेको आरोप लगाएको छ । कोभिड–१९ रोक`थामका लागि सर`कारले घोष`णा गरेको स्वास्थ्य माप`दण्ड विपरित एउटा परिवारले बिबाह कार्यक्रम गरेको भन्दै यादवले पार्टी स्थलमा गएर विवाह रोक्न गरेको ब्यव`हारको भिडियो अहिले सामा`जिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा डिएम यादवले दुलाहा र दुलहीका साथै उनी`हरूका परिवार र पाहुनाहरू`माथि अ भ द्र व्यवहार गर्नुका साथै रुखो स्वरमा उनीहरुलाई पार्टीस्थलबाट निका`लेका थिए ।

उनले आफू मातह`तका प्रहरी`लाई बि`बाहका पाहुना`हरूलाई कोभिड–१९ को प्रोटोकल उल्लं`घन गरेको भन्दै कार्यक्रम स्थलबाट बाहिर निकाल्न र पक्राउ गर्न आदेश दिएका थिए । त्यसैगरी बिबाह`स्थलमा रहेका पण्डितलगायत अन्य केही`माथि हात पात समेत गरेको देखिन्थ्यो ।

बेहुला पक्षले बि`बाह समारोह आयो`जनाको लागि आफूहरुले प्रशासन`बाट अनुमतिपत्र पाएको देखाउँदा`समेत पुलिसका हाकिमले सबैको सामुन्ने धरधरी च्या`तिदिएका थिए ।

डीएम यादवको हर्कत`लाई लिएर सर्वत्र आ`लोचना भएपछि त्रिपुराका मुख्य`मन्त्री विप्लवकुमार देववर्माले दुई वरिष्ठ आईएसएस अधि`कारीहरू सम्मिलित छान`बिन समिति गठनको आ`देश दिएका हुन् ।

समितिसमक्ष बोल्दै याद`वले भनेका छन् ‘कानून र सुव्य`वस्था लागू गर्नु, कोभिड–१९ फैलन`बाट रोक्नु मेरो कर्तव्य हो । मैले त्यो रात जे गरेँ ठीक गरेँ ।’ उक्त बै`बाहिक समा`रोह मुख्य`मन्त्रीका नाते`दारको भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्