Sunday, June 4

सुनको मूल्य घट्यो, नेपाली बजारमा सुनचाँदीको मूल्य कति छ ? हेर्नु`होस्

May 5, 2021 583

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको हो । मंगलबार तोलाको ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेर ९० हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेर ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्