Monday, November 29

अमेरिकन आइडल’मा दिवेश’लाई जिताउन अपिल, यसरी गर्न सकिन्छ भाेट ! (हेर्नुहोस्)

April 27, 2020 543

अर्थर गनकाे उपनाम’ले स्टेजमा चिनिँदै आएका नेपाली मुलका दिवेश पोखरेललाई अमेरिक’न आइडल बनाउन भोट गर्न सकिने भएको छ । अप्रील २६ अर्थात आजको लाईभ प्रस्तुति’पछि दिवेशलाई भोट गर्न सकिनेछ ।

विश्वकै लोक’प्रिय र चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को सुरुवाती चरणबाटै लगा’तार जज र आम दर्शकको मन जित्दै आ’एका दिवेशका लागि उनका परिवार तथा अमेरिका’मा रहेकामा रहेका नेपालीहरुमार्फत भोटको अपिल भइरहेको छ ।

नेपाली मुलका प्रतिस्पर्धी दिवेशको प्रस्तुति’प्रति विश्वभरका आमदर्शक आकर्षित भएको देखिन्छ । सोही अनुसार भोट र विश्वभरि छरिएर रहेका नेपालीको साथ पाए आफू अमेरिकन आइ’डल बन्ने दिवेशकाे आशा छ । काठमाडौंमा जन्मिएका दिवेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका थिए ।

हाल उनी त्यहाँकाे विचिटा, कान्सासमा परिवार’सहित बस्दै आएका छन् ।दिवेशले आइडलको जजको रुपमा रहेका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुति दिँदै आएका छन् । दिवेशले आफ्ना प्रस्तुतिप्रति जजहरुबाट खुलेरै प्रशंसा पाइररहेका छन् ।

उनलाई भोट गर्न आइडलले ३ ओटा विकल्प अघि सारेको छ । २६ देखि २९ सम्म खुला रहने माध्यमबाट जम्मा ३० भोट मात्रै गर्न पाइनेछ । भोटिङ गर्ने पहिलो तरिका अन्तर्गत आज’को लाइभ राउण्डको प्रस्तुतिपछि प्राप्त प्रतियोगीको कोड लेखेर २१५२३ मा पठाउन सकिनेछ । यो माध्यमबाट एकजना बराबर १० भोट दिन सकिनेछ ।

दोस्रो तरिकामा अ‍मेरिकन आइडल’को एप तथा एप्पल आईएस’ओएस एप स्टोर डाउनलोड गरेर त्याहाँ साइन अप गरेर १० भोट गर्न सकिनेछ । त्यस्तै अर्को माध्यम आइडल’भोट डट एबीसी डटकम लगइनगरेर दिवेशको कोडमा भोट दिन सकिने छ । यसमा पनि एकज’ना बराबर १० भोट दिन सकिने छ ।

अहिले लकडाउन’का’बीच अमेरिकामा दिवेशलाइ अमेरि’कन आइडल बनाउन उनका परिवार तथा साथी’भाईले भोटकाे अपिल गरिरहेका छन् । – न्युज२४ नेपाल

यसरी गर्न सकिन्छ नेपाल बाट भोट

प्रतिकृया दिनुहोस्