Sunday, June 4

महानगरका ११ गाडी, एउटा गाडी एम्बुलेन्सलाई दिएपछि मेयर भने मोटरसाइकलमा पछाडि

May 9, 2021 754

विराटनगर महानगर`पालिकामा साना ठूला गरि ११ वटा चढ्न` मिल्ने गाडी छन् । विराटनगर महा`नगरपालिकाका मेयर भीम पराजुली चढ्ने दुई वटा सावारी साधन छन्, एउटा ल्याण्ड रोभर र अर्को टाेयाे|टाकाे फर्च्युनर । यी दुई स`वारी साधन`मध्ये मेयर पराजु|लीले चढ्ने को १ झ ४९४ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोष|णा गर्नुभएकाे छ ।

मेयर पराजुलीले चढ्ने अर्को बा २ झ १३१५ नम्बरको ल्याण्ड|रोभर गाडी भने कार्या|लयमा नै रहेको छ । फर्च्युनर गाडी एम्बु|लेन्सको कामका लागि दिइएको भनेर घोषणा गर्नु`भएसँगै मेयर पराजुली शनि`बारदेखि मोटर`साइकलमा देखिनु|भएकाे छ । उहाँ चढेको माेटरसाइकल भने उहाँका सहयोगीले चलाएका थिए ।

शुक्रबार विज्ञप्ति प्रका`शित गरी मेयर पराजुलीले कोरोना`को बढ्दो संक्र`मणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामी`लाई अस्प`तालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाउनु`भएकाे थियाे ।

यो सङ्कटको घडीमा हामी आफू आफ्नै मोटर|साइकल प्रयोग गरेर नगर`वासीको सेवामा सदैव समर्पित हुने विज्ञप्तिमा उल्लेख गर्नु`भएका पराजुली शनिबार देखि नै मोटर|साइकलमा देखिनुभएकाे हाे ।

कहाँ छन् बाँकी गाडी ?
विराटनगर महा`नगरपालिकाका दुई वटा गाडी मेयर भीम पराजु`लीले प्रयोग गर्दै आउनु`भएकाे छ । तीमध्ये एउटा गाडी एम्बुलेन्सको लागि प्रयोग गरिएको भए पनि अर्कोमा चढ्नु`पर्नेमा किन मोटर`साइकल चढ्नुभयाे भन्नेमा महानगर`पालिकाका कर्मचारी नै अन्यौलमा परेका छन् ।

एक कर्मचारीले भने, ‘दुईवटा गाडी नै मेयर साबले प्र`योग गर्नुहुन्थ्यो, एउटा गाडी एम्बु`लेन्सको रुपमा प्रयोग गर्ने भनेपछि अर्को गाडीमा चढ्नु पर्ने हो मोटर`साइकलमा चढेर के देखाउन खाेज्नुभ`एको हाे, कुरा बुझिएन ।’

मेयरले आफ्नै दुवै गाडी नचढे पनि महान`गरमा भएका अन्य गाडीहरु पनि यो बेला कोरोना सङ्क्रमण रोक`थाम र नियन्त्रणमा प्रयोग हुनु पर्नेमा नभए`को पाइएको छ । विराटनगर महानगरपालिकामा प्रमुखले प्रयाेग गर्ने २, उपप्रमुखले प्रयोग गर्ने निसानकाे १, प्रमुुख प्रशा`सकीय अधिकृतले प्रयोग गर्ने अर्को पनि निसा`नकै गाडी छन् ।

कार्यालयमा रहेको दुईव`टा टाटासुमोमध्ये एउटा परियोजनाको काममा इन्जिनियर भरत न्यौपानेले प्रयोग गर्दै आउनुभएकाे छ भने अर्को टाटा`सुमो शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडा`ले प्रयोग गर्नुहुन्छ ।

अहिले महानगर`को काम कोराेनाले रोकि`एको अवस्थामा ती सवारी पनि प्रयाेगवि`हीन भएका छन् । नगर प्रहरीले एउटा नयाँ स्कार`पियो र अर्को मिनी ट्रक प्रयोग गर्दै आएको छ ।

महानगर`पालिकामा भएका दुई वटा एम्बु`लेन्समध्ये एउटा नि:शुल्क सुत्केरीको उ`द्धारका लागि प्रयोग भएको छ भने अर्को एम्बुलेन्स महानगर`पालिकाले कोरोना सङ्क्र`मित बोक्ने काममा प्रयोग गरको महानग`रपालिकाले जनाएको छ । – सुमन तिम्सिना / उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस्