मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो ।
सोमबार तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्को समाचार..आफ्नै समूहको घेराबन्दीमा परे माधवकुमार नेपाल ..
काठमाडौं । सत्तारुढ नेकपाका नेता माधवकुमार नेपाल आफ्नै समूहका नेताहरुको घेराबन्दीमा परेका छन् ।विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा सोमबार संसदबाट विश्वासको मत लिने सम्बन्धमा के गर्ने भन्ने विषयमाथि भएको छलफलका क्रममा आफ्नै समूहका नेताहरुको घेराबन्दीमा नेता नेपाल परेको स्रोतको भनाइ छ ।
आन्तरिक विवाद चुलिँदै जाँदा ओली र नेपाल–खनाल समूहमा एमाले विभाजित छ । सोही कारण आफ्नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने वा सांसदबाट राजीनामा दिने वा बैठकमा अनुपस्थित हुने भन्ने विषयमा सोमबार बिहान बसेको नेपाल समूहको बैठकमा छलफल भयो ।
सोक्रममा सांसदहरुले राजीनामा दिने विषय नेतृत्वमा भन्दा सांसदहरुले विरोध जनाए । शनिबारसम्म प्रत्यक्ष र समानुपातिक दुवै सांसदहरुले राजीनामा दिने बताएको नेपाल समूहले सोमबार प्रत्यक्षका सांसदहरुले मात्रै दिने बतायो ।
तर, आइतबार निर्णय गर्ने भनिए पनि सोमबार बिहान बसेको नेपाल समूहको बैठकले कुनै पनि सांसदले पदबाट राजीनामा दिने र प्रतिनिधि सभाको सोमबारको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
तर, यो निर्णय गराउन नेपाल समूहका नेताहरुले माधकुमारसहितका नेतृत्वमाथि दबाब सृजना गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सांसदहरुले राजीनामा नदिने अडान लिएपछि नेपाल समूह अन्ततः सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस्