Sunday, June 4

साहसी चेली सदिच्छा बास्तोलाले कोरोना संक्रमितको लागि गरिन् यति ठूलो रकम सहयोग

May 13, 2021 965

साहसी नेपाली चेली भनेर चिनिने सदिक्षा बास्तोलाले कोरोना संक्रमित बिरामीको लागि आर्थिक सहयोग गरेकी छिन् । हाल अमेरिका रहेर आफ्नो अध्ययन गरिरहेकी सदिक्षा ५० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

आफूले गरेको सहयोग बारे जानकारी गर्दै उनी लेख्छिन् : “म र मेराे परिवार रुदा सारा नेपाल रोइदियो , आज covi`d-19 ले सारा नेपाली रुनु परेको छ मैले धेरै त सक्दिन तर आफ्नो यो महिना को सम्पुर्ण खर्च कटाई सानो सहयाेग जस्ले कसैकाे ज्यान् बच्न सक्छ भन्ने आशाको साथ आफुले सकेको सहयोग गरेकि छु र सधै गरिरहन पाउ’ सबैलाई सम्झना र माया, सुरक्षित रहनुहोला”

त्यस्तै उनले गरेको सहयोग बारे जानकारी दिँदै हाल बेलायत भएकी समाजसेवी इसा गुरुङले जानकारी दिएकी छिन् : उनी लेख्छिन्: Hamro Team Nepal लाइ उर्लावारीका साहसी निडर नेपालको महान छोरी अमेरीकामा पाइलट कोर्ष गर्दैहुनुहुन्छ ,

उहाको र परि वारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको आभारी छौ Sadikchya Bastola बहिनि ,पढाइ लाइ निरन्तर ता दिनुस हजुर जस्तै महान् छोरी नेपाल लाइ ज़रूरत छ !

प्रतिकृया दिनुहोस्