Sunday, June 4

आज डलरको भाउ बढ्यो, अरु देशको मुद्राको भाउ पनि बढ्यो…

May 13, 2021 1059

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरि`ददर १६५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो

चालु आ|र्थिक वर्षको नौ महि`नामा कूल रु ७ खर्ब २९ अर्ब दुई करोड बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको छ ।कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा रोजगारीमा नकारात्म`क प्रभाव परेको भएपनि विप्रे`षण आप्रवह भने राम्रो रहेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले आज सार्व`जनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको विवरणमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।केन्द्रीय बैंकको वि`वरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटे`को थियो । अमेरिकी डलरमा विप्रे`षण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई छ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रति|शतले घटेको थियो ।

समीक्षा अवधिमा वैदे`शिक रोजगारीका ला`गि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १०.२ प्रतिशतले बढेको थियो ।वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली`को सङ्ख्या समी`क्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अव`धिमा यस्तो सङ्ख्या १५.० प्रतिशतले घटेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ८१४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिश/तले घटेको थियो ।

प्रतिकृया दिनुहोस्