Monday, March 20

रविको प्रश्न: चितवन घटनामा म विरुद्धको उजुरी काठमाण्डौमा लिन मिल्ने , सर्वेन्द्र खनालहरुको लिन नमिल्ने?

April 26, 2020 8347

महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रधान’मन्त्री बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताले लिएर गएको सांसद ‘अप’हरण’ सम्बन्धी मु’द्दा दर्ता गर्न अस्वीकार गरेको छ ।

परिसरको मु’द्दा शाखाका डीएसपी कृष्ण चन्द र एसपी सोमेन्द्र सिंह राठोरले घट’नास्थल महोत्तरीमै दर्ता गर्नुपर्ने भन्दै मु’द्दा दर्ता गर्न अस्वीकार गरेका हुन् ।

मु’द्दा दर्ता गर्न शाखाका प्रहरी अधिकारीले आनाकानी गरेपछि प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसँग नेताहरुले छलफल गरेका थिए।

उनलेसमेत मु्दा दर्ता गर्न अस्वीकार गरेको बाबुरामका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । ‘प्रहरीले जाहे’री लिन मानेन । अब किटानी जाहेरी नेपाली जनताकोमा दिने हो’, उनले भने, ‘बाँकी फैसला अब जनअदालतले गर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईसहितका नेता आइतबार दिउँसो सत्ता’रुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध अपह’रण तथा शरीर बन्ध’कको मुद्दा दर्ता गर्न पुगेका थिए ।

मुद्दा दर्ता गर्न अपह’रित भएका भनिएका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादवसमेत टेकु पुगेका थिए । वैशाख १० गते महोत्तरी पुगेर सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयास गरेको आ’रोप लागेको छ।

सोही प्रयासस्वरुप उनीहरुले सांसद यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीका नेताले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवको अपह’रण गरेको दाबी गरेका छन्।

महोत्तरीबाट अपहरणको शैलीमा काठमाडौंको नक्सालस्थित मेरियट होटलमा राखेपछि सांसद यादव डा. भट्टराई र नेता उपेन्द्र यादवको सम्पर्कमा पुगेका थिए। अन्नपुर्ण पोष्टमा खबर छ ।

यसै विषयमा चर्चित पत्रकारले यस्तो प्रतिक्रिया दिएका छन् , हेर्नुहोस् उनको प्रतिक्रिया जस्ताको त्यस्तै …

चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका वि रुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरु नमिल्ने? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो।

प्रतिकृया दिनुहोस्