अहिले नेपालले चरम अक्सि`जन अभाव झेलिरहेको छ। उपत्यकाका ११ वटा अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उप`चार गर्न नसक्ने भन्दै हात उठाइ`सकेको छन्
सरकारले नै माग अनुसार अक्सि`जन पुर्याउन नस`किएको जना`एको छ। स्वास्थ्य मन्त्रालयले अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकामा करिब १० हजार मात्र आपूर्ति गर्न सकिएको बताएको छ। अक्सि`जन हाहा`कार हुन थाले`पछि मन्त्राल`यले अस्प`ताललाई कति सिलिण्डर पाउने भनेर कोटा तोकि`दिएको छ। र त्यसको समन्वय सिसिए`मसीले गर्ने भनि`एको छ।
तर अस्पताल`हरूले सरकारले तोकि`दिएको कोटाले विरामीको उप`चार गर्न नपुग्ने बताएका छन्। दैनिक चार सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सर`कारले जम्मा सय वटा मात्र दिने भन्दै विरामी`को उप`चार गर्न नसकिने अस्पताल सञ्चालक`हरूको भनाइ छ।
अहिलेको अक्सिजन माग उद्योग`हरूले समेत थेग्न सकेको छैन। चौबीसै घण्टा उद्योग चलाए पनि अस्प`तालको माग`अनुसार अक्सि-जन दिन नसकिएको उद्योगी-हरू बताउँ`छन्। कतिले अक्सिजन सिलि`ण्डर अभावले समस्या उत्पन्न भएको बताए पनि उद्यो-गीले भने उत्पादन नै कम भएकाले समस्या देखि-एको दाबी गरेका छन्।
शंकर ग्यास उद्यो`गका सञ्चालक शंकर अग्रवालले सेतोपाटीसँग भने, ‘अक्सिजन सिलिण्डरमा कुनै समस्या छैन, उत्पादनकै समस्या हो।’उनले सिलिण्डर भए पनि उत्पादन कम हुनाले माग`अनुसार सिलि`ण्डर भर्न नसकि`एको बताए। त्यसैले अहिले भइ`रहेको अक्सि`जन अभावको एक मात्र हल भनेको उत्पादन नै बढाउनु रहेको अग्र`वाल दाबी गर्छन्।
‘अहिले उत्पादन बढाउने भनेको लिक्विड अक्सिजन`बाटै हो। लिक्विड म जति पनि ल्याइदिन्छु तर सरकारले ट्यांकर उपलब्ध गराउनुपर्यो,’ उनले भने।अग्रवालले आ`फूसँग दुइटा मात्र लिक्विड अक्सिजन बोक्ने ट्यां`कर भएको भन्दै थप पाँच वटा ट्यांकर सर|कारले उपलब्ध गराए अहिले भएको अक्सि`जनको समस्या हल हुने दाबी गरे। ‘सरकारले हामीलाई पाँच वटा ट्यांकर उपलब्ध गरायो भने नेपालभरि अक्सि`जन अभाव हुँदैन भन्ने म ग्यारेन्टी दिन्छु,’ उनले भने।
अग्रवालका अनु`सार एउटा ट्यांकरले ल्याएको लिक्वि`ड अक्सिज`नले १५ सय सिलिण्डर भर्न पुग्छ। त्यो हिसाबले सात वटा ट्यांकर भयो भने आफूले मात्र १० हजार बढी सिलिण्डर बराब`रको अक्सिजन आपूर्ति गर्नसक्ने उनको भनाइ छ। हुन पनि मन्त्रा|लयले नै दैनिक १५ हजार अक्सिजन सिलिण्ड`र माग भएकोमा १० हजार आपू`र्ति गर्न सकिएको बता`एको छ। यदि शंकर एक्लैले करिब १० हजार अक्सिजन सिलिण्डर आपूर्ति गर्न सके लगभग सम`स्या हल हुने अनुमान लगाउन सकिन्छ।
तर अहिलेको अव`स्थामा ट्यांकर जुटा`उन भने त्यति सहज छैन। भारतमा पनि ट्यांकरकै अभाव रहेको भन्दै अग्रवाल भन्छन्, ‘भारतसँग पनि कुरा गरेका हौं, तर मानेको छैन। आजै मात्र चिनियाँ कन्सुलरसँग पनि कुरा गरेर जसरी पनि दुइटा ट्यांकर मिलाइ`दिनुस् भनेको छु तर खोइ के हुन्छ हेरौं।’
अग्रवालकै कुरा अनुसार तत्काल भारत`बाट ट्यांकर पाउन सहज छैन। अहिलेको अवस्थामा भारत आफैं भयावह स्थितिसँग जुधिरहेको छ। अक्सि`जन अभावका कारण त्यहाँ दैनि`क हजारौं विरामीको ज्यान गुमाइरहेका छन्। यस्तो अवस्थामा भारतबाट ट्यांकर पाउने सम्भावना निकै कम हुन्छ। अग्र`वाल पनि सरकारले पहल गरे बरू चीन`बाट आउन सहज हुने बताउँछन्। तर त्यसको लागि सर|कारले नै पहलकदमी लिनुपर्ने उनको भनाइ छ।
अग्रवाल भन्छन्, ‘ट्यांकर चीन`बाट ल्याउन सकिन्छ। बरू कति पैसा लाग्छ म तिर्न तयार छु।’उनले यसबारे आफूले परा`राष्ट्र मन्त्री प्रदीप ज्ञवाली`सँग पनि कुरा गरेको जनाए। उनले चीनबाट ट्यांकर आइपुग्न सात दिन लाग्ने भन्दै यदि सम्भव भए कार्गो जहाज`बाट पनि ल्याउन सकिने जनाए।
‘फेरि नेपालमा त्यत्रो जहाज अवतरण गर्नसक्छ कि सक्दैन भनेर चाहिँ बुझ्नुपर्छ। तर भारतमा त जहाज`बाटै एक ठाउँबाट अर्को ठाउँ पुर्याइरहेको छ,’ उनले भने। यदि चीनबाट ट्यांकर ल्याउन सकिए लिक्विड अक्सि`जन भने भारत`बाट सहजै ल्याउन सकिने अग्रवाल बताउँछन्। उनले भारतबाट लिक्विड अक्सि`जन ल्या`उन कुनै समस्या नरहेको भन्दै अहिले मुख्य समस्या नै ट्यांकरको भएको बताए। भारतबाट लिक्विड अक्सिजन भरेर ३६ घण्टामा नेपाल ल्या`उन सकिने उनको भनाइ छ।
तर त्यसरी ल्याइए`को ट्यांकरबाट सोझै सिलिण्डरमा अक्सिजन भर्न मिल्दैन। त्यो ट्यांकरमा भएको अक्सिजन यहाँ ल्याएर अर्को लिक्विड ट्यांकमा खन्याउनुपर्छ। उक्त ट्यांक उपत्य`कामा टेकु अस्पता`ल र ट्रमा सेन्टरमा मात्र छ। ती दुवै अस्प`तालको ट्यांकमा शंकर ग्या`सले नै अक्सि`जन भर्दै आएको छ। आजै मात्र एउटा ट्यांकर आइपुग्ने र त्यो टेकु र ट्रमाको ट्यांकमा खन्याइने अग्र`वालले बताए।
उनले आफूसँग भएका तीन वटा गरी हाल ६ ठाउँमा त्यस्ता ट्यांक रहेको भन्दै त्यसमा सम`स्या नहुने जनाए।’टेकु अस्पता`ल, ट्रमा र लर्ड बुद्ध मेडिकल कलेजमा एक-एक वटा ट्यांक छ। बाँकी बालाजु, नारायणगढ र भैरहवामा एक-एक वटा गरी तीन वटा मेरै ट्यांक छन्,’ अग्रवालले भने।
उनले यदि थप ट्यांकर आए तत्का`ल काठमाडौंस्थित टिचिङ अस्पताल, नेपालगञ्जस्थित भेरी अस्पताल र धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठानमा लिक्विड ट्यांक जडान गर्न सकिने जनाए। उनले दुइटा मात्र ट्यांकर हुँदा अहिले टेकु र ट्रमालाई नै पुर्याउ`न गाह्रो भएको सुनाए।
‘पहिले टेकुमा एकपटक भरेपछि १५ दिन पुग्थ्यो तर अहिले तीन दिन मात्र पुग्छ। आज आइपुग्ने पनि दुबै अस्पता`ललाई आधा आधा दिन्छौं,’ अग्रवालले भने।
उनले जतिस`क्दो चाँडो ट्यांकर ल्याएर लिक्विड अक्सिजन ओसारे मात्र वर्तमान समस्या हल हुने दोहोर्याए। अहिलेको उत्पादनले अस्पतालको माग धान्न नसकिने भन्दै अग्रवालले भने, ‘रातभरि सुत्न पाएको छैन। कहिले गृह सचिव, कहिले सिडिओ, कहिले अस्पता`लका निर्देशकको फोन आउँछ। राति १२ बजे पनि फोन आउँछ।’ – यो सामग्री विवेक राईले सेतोपाटीमा लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्