Thursday, June 24

भाई बहिनीसँग खेल्दाखेल्दै पासो लागेर ८ वर्षिया बालिकाको गयो ज्या`न

May 15, 2021 5075

निराजन घिमिरे, वैशाख ३१, चितवन – आफ्नै भाईबहिनि संग खेल्दा खेल्दै सलको पासो लागेर चितवनमा एक बालि`काको ज्या`न गएको छ । चितवन जिल्ला रत्ननगर नगर`पालिका वार्ड नं. १६ दोबाटो बजारमा डेरा`गरी बस्ने संगीता सु`नुवार कि ८ वर्षिया छोरी संजिता सुनुवारको सलको पासो लागेर ज्या`न गएको हो ।

शुक्र`बार बिहान करिब ९:३० बजे घटना घटेको घरबेटी ईश्वर श्रेष्ठले बताए ।“३ जना बालबालिका आफ्नै कोठामा खेलिरहेका थिए । बालिकाकी आमा शौचालय गएकी थिइन् ।” त्यति नै बेला घ`टना घटेको संगै डेरा गरि बस्ने महिलाले उज्यालो नेपाललाई बताईन् ।

पलंग संगै रहेको झ्या`लको रडमा सल अड्काएर खेल्दैगर्दा पलंग बाट चिप्लिएर घट`ना घटेको हुन सक्ने इलाका प्रह`री कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

घाँटीमा पासो लागेर घाइ`ते भएकी बालिकालाई उप`चारको लागि चितवन मेडि`कल कलेज भरतपुर लगिएको भएपनि उनको मृ`त्यु भएको प्रह`रीको भनाई छ । बालिकाको श|वलाई पो`ष्टमार्टमको लागी भरत`पुर अस्पतालमा राखिएको छ!

स्थायी घर धादिङ्ग`को मैदी रहेको सुनुवा`र परिवार केहि वर्ष अघिदेखि पिठुवा दोबाटोमा डेराग`री बस्दै आएको स्थानीयले बताए। बालिकाको बाबु रोजगारीको क्रममा भारतमा रहेका छन् ।

सुनुवार परिवारको आर्थि`क अवस्था निकै कमजोर रहेको र उनीहरूको आफन्त पनि यँहा कोही नरहेको वडा`ध्यक्ष हेमराज थापाले बताए। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवको अन्तिम संस्का`रको लागी वडाध्यक्ष थापा आफै खटिएका छन्।उज्यालो नेपाल बाट

प्रतिकृया दिनुहोस्