सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्ण’य गरेको छ । आइतबार साँझ प्रधानमन्त्री’को सरकारी निवास बालुवाटार’मा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन’को समय थप गर्दै वैशाख २५ गतेसम्म पुर्याएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमित’को संख्या बढ्दै गएको अवस्थामा सरकारले थप १० दिन लकडाउन थप्ने निर्ण’य गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन सोम’बार अर्थात् वैशाख १५ गते सकिदै छ। संक्रमणको जो’खिम कायमै रहेको विश्लेषण गर्दै कोरोना भा’इरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ले कम्तीमा एक साता थप्न सु’झाव दिएको थियो।
सरकारले पहिलो’पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैत’सम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो।
विश्वव्यापी महामा’रीको रुपमा फैलि’एको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने दुई लाख बढीले ज्या’न गुमाइस’केका छन्। नेपाल’मा पनि संक्र’मितको संख्या ५२ पुगेको छ। १६ जना भने निको भएका छन्। अन्य संक्र’मितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्