Sunday, September 24

राहतको चामल घरमा थुपार्दै फेरी लिन आउनेलाई कृष्ण कँडेलले बिच बाटोमै यसरी उठबस गराए(भिडियो)

April 26, 2020 3466

लामो समय देखि सरकार’ले गरेको लकडाउ’नका कारण सर्व’साधारण मर्कामा परेका छन् । दिनहुँ कमाएर खानेहरु बेखर्ची भएर पैदलै सयौं किलोमिटरको दुरी पार गरेर घर पुग्न भन्दै हिडे’का छन् । पैदल हिडेकाहरुको पनि बाटोमा खान नपाएर बिच’ल्ली भएको छ ।

साना बालबालिका बोकेर हिडे’काहरुको बिजोग अवस्था’को तस्बिर सार्वजनिक भएको छ । यस्तो अवस्थामा काठमाडौंमा विभिन्न क्षेत्रका ब्यक्ति सहयोग’का लागि बाहिर निस्केका छन् । सरकार’ले पनि राहत वितरण गरिरहेको जनाएको छ । तर त्यो राहत वास्तविक’ले पाउन नसकेको समाचार पनि आइरहेका’ छन् ।

कलाकार, ब्यवसायी र केही सामाजिक अभियन्ता अहि’ले राहत र सहयोग जुटाउने काममा लागेका छन् । केहीले स्थानिय तहसंग समन्वय गरेर राहत वितरण गरिरहे’का छन् भने केहीले आफैले विपन्न’लाई राहत दिइरहेका छन् ।

यसैबिच एविसी टेलिभिजन’वाट प्रसारण हुने कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल पनि सहयोगका लागि सडकमा छन् । इन्द्रेणी फुडल्याण्डका अगाडी राहत दिन भन्दै निस्किएका उनका अगाडी हजारौंको भिड छ । उनको कार्यक्रम इन्द्रेणी’मा विदेशमा बस्ने नेपालीह’रुले विपन्न र अप्ठेरोमा परेकाहरुलाई सहयोगका लागि पैसा पठाउने गर्छन ।

विदेशमा बस्ने नेपालीले पठाएको रकमवा’ट उपचार नपाए’का हजारौं नागरिकले उपचार पाएका छन्, विपन्नलाई राहत मिलेको छ धेरैले नयाँ जिवन पाएका छन् । अहिले लकडाउनका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग दिनु भन्दै विदेशमा बसेका नेपालीले पठाएको रकमवा’ट कृष्णले राहत वितरण गरि’हरका छन् ।

यस्तोमा उनले राहत वितरण गर्ने स्थानमा आएका कतिपय वास्तविक विपन्न नभएर सम्पन्न पनि आएको देखेपछि कृष्ण’ले त्यस्तालाई वाटोमै उठवस गराउँदै आइन्दा यस्तो गल्ती नगर्न बाचा गराइरहेका छन् । कतिपय त एक पटक राहत लिएर गएका पनि फेरी आएको पनि देखिए’को छ ।

त्यस्तालाई माक्स खोल्न लगाए’र माफि माग्न लगाएका छन् । कुनै परिवार यस्तो पनि देखियोकी जसमा परिवारका सवै सद’स्य राहत लिने लाइनमा लागेका छन् । त्यस्तालाई पनि उनले सबै’को सामुन्ने माफि माग्न लगाएर उठबस गराए’का छन् । हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्