सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिप|रिषद बैठकले कतार र चीनको ग्वान्जा|उमा हवाई उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका अत्या|वश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई भएकाले सातामा एक/एक उडान हुने गरी प्रतिबन्ध हटाइएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसद|बाट विस्वासको मत लिने विषय पनि छलफलमा आएको छ । तर मिति भने नटुंगिएको ती मन्त्रीले जानकारी दिए ।
त्यस्तै वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ ।
गत आर्थिक वर्षबाट नि|र्माण शुरु भई वैशाख मसान्त|सम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, |भक्तपुरको मजुवा खोला`पुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपा|ल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोर`मणि पौडेलले उद्घाटन गरेका हुन् ।
भिडियो कन्फरेन्स`मार्फत संयुक्त उद्घाटन गर्दै मुख्य`मन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताए । उनले यसअघि ३२ पुलको उद्घाटन भइ`सकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । पौडेलले विग`तमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिप`रेको जानकारी दिए ।
“हामी विकास निर्माण|का काममा तल्लीन छौँ, तर अहिले महा`मारीका कारण हामीले हाम्रो सारा शक्ति को`भिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भने । महामारी नियन्त्र|णमा आए`पछि फेरि विकास निर्माणको काम|लाई तीव्रता दिने उहाँको भनाइ थियो ।
उद्घाटन कार्य`क्रममा आफ्ना भनाइ राख्दै भौ`तिक पूर्वा`धार विकासमन्त्री रामेश्वर फुयाँलले सर`कार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताए । “राजनेता प्रधान`मन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेश`लाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उनले भने । – खबर हब बाट
प्रतिकृया दिनुहोस्