बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन । – इकान्तिपुर
यसरी बच्ने भूकम्पबाट ,यी हुन् आउने संकेत
भुकम्प अर्थात् भुइँचालो एक प्राकृ`तिक प्रको`प हो । नेपालको इतिहा`समा १९९० भदौ १२ र माघ २ मा विनाश`कारी भूकम्प गयो । त्यस्तै, ०४५ भदौ ५ तथा ०७२ वैशाख १२ र २९ गतेको भूकम्प अहिलेको पुस्तामा पनि ताजै छ ।
यी ती|नवटै भूकम्प नेपालमा गएका ठूला भूकम्प मानिन्छन् । यी भूकम्पले नेपालमा ठूलो जन`धनको क्षति पु-याएको थियो । त्यसो त माघ महिना भूकम्प दिवसको महिना पनि हो । यसै सन्दर्भमा हामीले भूकम्पबारे जानकारी दिने को`सिस गरेका छौँ ।
बच्ने उपाय
– भूकम्प`बाट मुख्य बच्ने उपाय भनेकै जानुभन्दा अगाडि गनुपर्ने पूर्वतयारी हो । भूकम्पले नभई हाम्रा कमजोर संरचनाले ज€नधनको क्षति गर्ने गर्छन् । तस`र्थ, घर, सभागृह, मन्दिर, विद्यालयलगायत मानवनिर्मित संरचना भूकम्पप्रतिरोधी तथा बलियो बनाउन अत्या`वश्यक छ । – प्राविधिकको सल्लाह लिएर सुरक्षित घर बनाउने, पुरानो घर भए मर्मत–सम्भार गर्ने, भारी सामान घरभित्र भए तिनलाई न`हल्लिने गरी वा बाँधेर राख्ने गर्नुपर्छ ।
– विषादी र प्रज्वलन`शील पदार्थलाई सुर`क्षित ठाँउमा राख्नेजस्ता सावधानी अपनाएमा भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । – भूकम्प जतिवेला पनि आउन सक्ने भएकाले पूर्वतयारी गरी कसरी यसरी जोगिन सक्छु भन्ने धारणा बनाउन अनिवार्य छ ।
यदि, भूकम्प आइहालेमा आफू भए`को स्थान र सुरक्षित स्थानबा`रे जानकारी हुनुपर्छ । जस्तै, घरसँगै कार्यालय, विद्यालय, बाटो, सुपर`मार्केट आदिजस्ता आफू गइरहने ठाउँका सुरक्षित स्थानबारे सधैँ हेक्का राख्नुपर्छ ।
– भूकम्प आउँदा साव$धानी अपनाउनेबारे फुर्सदको समयमा अभ्यास गर्न सकिन्छ । यसले भूकम्पबारे ज्ञान बढाउनुका साथै डराउने, आत्तिनेजस्ता समस्या समेत कम गराउँछ । – यदि ठूलो भूकम्प आइहा|लेमा के गर्ने भन्नेबारे घर–छिमेक र समाजमा छल€फल गर्नुपर्छ । त्यस्तै, हरेक स्कुलमा बालबालिकालाई यसका बच्ने उपायबारे ज्ञान दिन अनिवार्य छ ।
– भूकम्प जतिवेला पनि आउन सक्छ भन्ने बुझेर आपत्कालीन (इमेर्जेन्सी)का लागि अत्या`वश्यक सामानको झोला सधैँ तयार राख्नुपर्छ । जस्तै, टर्च, रेडियो, फोन, खानेकुरा उक्त झो€लामा राख्दा विपत्का वेला ठूलो फाइदा पुग्छ ।
– भूकम्प आइस`केपछि सुरक्षित स्थान अर्थात् खुला ठाउँमा जानुपर्छ । नडराई र नआत्तीकन सूचना दिने, अरूलाई सहयोग गर्ने, घाइतेलाई सुरक्षित स्थानमा जान सह|योग गर्ने गर्नुपर्छ । – ड्राइभिङ गर्दा भूकम्प आए सोही ठाउँमा एक छिन अडिएर सुरक्षित स्थानमा जानुपर्छ । बाटो, सडकमा भएमा पोल, ठूला होर्डि`ङ बोर्ड र घरका छेउमा बस्नुहुँदैन । घरभित्र भएमा सामान झरेर नभेट्ने खुल्ला ठा|उँमा तुरुन्त जानुपर्छ ।
– भूकम्प आउँदा डरा`उने र आ`त्तिने गर्नाले झनै जोखिम हुने गर्छ । पर्याप्त ज्ञानको कमीका कारण यस्तो भएको हो । तसर्थ, सबै मानिसले भूकम्पबारे जानकारी लिन जरुरी छ । यसले आममा`निसमा डर हटाउँछ र आपत्कालीन स्थितिमा पनि भूक|म्पबाट जोगिन सकिन्छ ।
आउने संकेत यस्ता – भूकम्प कतिवेला, कत्रो जान्छ भन्ने ठ्याक्कै अनुमान ल`गाउन सकिँदैन । यद्यपि, विनाकारण कुकुर भुक्नु, चराचुरुंगी एकाएक कराउनु, गाईबस्तु आत्तिनु आदि अस्वा’भाविक अवस्थालाई भूकम्प जान सक्ने संकेत मानिन्छ ।
प्रतिकृया दिनुहोस्