Saturday, September 23

चोरीको यो कस्तो अनौठो तरिका ? गुड्दै गरेको गाडीबाट बोरा झिके यी चोरले (भिडियो सहित)

May 19, 2021 9928

संसारमा विभिन्न किसिमका मानिसहरू छन् । त्यस्तै चोर हरु पनि अनौठो किसिमले चो`री गर्ने गर्छन् ।

रुसमा चोरहरुले रेलवे पुल नै चोरी गरेका छन् ।रुसको सुदूर उत्तरी आर्कटिक वृत्तमा पर्ने मुर्मान्स क्षेत्रमा रहेको एक रेलवे पुलको २३ मिटर खण्ड चोर`हरुले चो`री गरेका हुन् ।

५६ टन वजनको उक्त पुलको खण्ड चो`री भएको विषयमा अदालतमा आपराधिक मुद्दा समेत दायर गरिएको अन्तर्राष्ट्रिय सञ्चार|माध्यमले जनाएका छन् ।

मुर्मान्स शहरको दक्षिण`मा रहेको ओक्ट्या`ब्रास्कायाको वस्तीमा रहेको पुलको बीचको भाग गायब भएको बताइएको छ । तैपनि पुलको अगाडि र पछाडि`को भाग भने जस्ताको त्यस्तै छ ।स्थानीय बासिन्दा`ले अघिल्लो महिना उक्त पुलको खण्ड गायब भएको थाहा पाएका थिए ।

उक्त पुल यस`अघि ‘रेयर अर्थ’ पदार्थ ढुवानी गर्ने रे`लका लागि प्रयोग हुँदै आएकोमा सन् २००७ मा ‘रेयर अर्थ्’ पदार्थको उक्त कम्पनी टाट पल्टेपछि त्यस पुल प्रयोगविहीन भएको थियो ।

चोरीको यस्तो आश्चर्य`पूर्ण घटना`बाट उक्त पुलको स्वामित्वमा रहेको कम्पनीलाई चोरीबाट ६ लाख रुबल अर्थात् करिब ९ हजार अमेरि`की डलर घाटा लागेको जनाइएको छ ।

त्यस्तै अर्को एउटा भिडि`योमा देखिएको दृश्यमा पनि चोरको अनौठो हर्कत देखिएको छ । अगाडि खाद्यान्नले भरिएको कुदिरहेको गाडी भित्र लोड गरिएको बोरा पछाडि बाइक मा रहेका २ जनाले यस्तो अनौठो तरिकाले झिक्छ्न त्यो हेरेर तपाईं छक्क पर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्