Sunday, June 4

आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्यो की घट्यो ? हेर्नु`होस्

May 20, 2021 1068

नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कामय भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महा|संघले जनाएको छ ।

हवाइ उडान : नेपालीलाई बन्द, भारतीयलाई खुल्ला….

सरकारले निषे|धाज्ञा घोषणा गरेर नेपालीहरुलाई विदेश जान दिएको छैन । विदेशमा भिसा सकिएर अलपत्र परेका नेपाली नागरि`कले स्वदेश फर्कन पाएका छैनन् । तर, नेपालीका लागि विमानस्थल बन्द गरेको सरकारले भारतीय नागरिकलाई भने दिनहुँ खाडी राष्ट्रमा रोजगारीका लागि उड्ने छुट दिइरहेको छ ।

कोरोनाको उच्च जोखिममा रहेका भारतीय|हरु नेपा`लको बाटो भएर विदेश जाने क्रम निषे|धाज्ञामा पनि रोकिएको छैन । ठमेल र गौशाला एरियामा करिब एक हजार बढीको संख्यामा भार|तीयहरु अरब जानका लागि फ्लाइट कुरेर विभिन्न होटलमा बसिरहेका छन् ।

मन्त्रिपरिषदले वैशाख २३ देखि अन्तर्रा|ष्ट्रिय उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय उडान रोकिए|सँगै विदेशबाट छुट्टीमा घर आएका र रोजगारीका लागि टिकट काटेर बसेका नेपाली नागरिक`हरु विदेश उड्नबाट रोकिएका छन् । तर, भारतीय नागरिक`चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँको संख्यामा साउदी अरेबि`याको राजधानी रियाद र दमाम उडिरहेका छन् ।

प्रतिकृया दिनुहोस्