Thursday, June 1

चिप्ले भिन्डी खानुका यस्ता छन् फाइदै फाईदा : थाहा पाउनुहोस्

May 21, 2021 1922

चाहे सागसब्जीको कुरा गरौं वा फलफूलको, मौसम अनुकूल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ ।

लेडी फिङ्गर अर्थात चिप्ले भिन्डी`को पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभ`दायक मानिन्छ ।

१. एक अध्यय`नबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्स`रको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदा`जनक हुन्छ ।

२. भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहा`इड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

३. भिन्डीको प्रयोगले केस लामो सामय`सम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुला`यम बनाउँछ ।

४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरी`रमा बढ्ने बोसोलाई घटाउँछ, जसको कार`ण पेटमा अतिरि|क्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लो`बिन निर्माण गर्छ, जसले तपार्इंलाई एनिमियाबाट बचाउँछ । यसका साथै भिन्डी`मा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

६. यसमा रहेको फाइबरले कब्जिय`तको समस्या हटाउन सहयोग गर्छ ।भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेह`का रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ । – लोक पथ

प्रतिकृया दिनुहोस्