नेपाल राष्ट्र बैंकले आज आइबारका लागि विदेशी मुद्राको विनि`मय दर तोकेको छ ।जस`अनुसार अमेरिकी डलर एक`को खरिद`दर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिद`दर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद`दर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा रहे`को छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपी|आईमा आबद्ध भएको छ । स्ट्यान्डर्ड चा|र्टर्ड बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवा`लाई थप विस्तार गर्ने गरी साझे|दारी सम्झौ|ता भएको हो ।
जस अन्तर्गत यस परियो`जनाको पहिलो चरणमा ग्राह`कले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्ट आईपीएस मार्फत एससी`बीएनएलमा रहेको खातामा अन`लाइन फन्ड ट्रान्सफर गर्न सक्नेछन् ।
एससीबीएनएल र एनसी|एचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता का`र्यान्वयन भएको छ ।यस सहकार्यले ग्राहकहरूलाई अनलाइन भुक्तानीमा थप सहयोग पु¥याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुन विश्वास बैंक`को छ ।
प्रतिकृया दिनुहोस्