वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक`हरुको प्रमुख गन्तब्यका रुपमा रहेको साउदी अरबले श्रमि`कहरुका लागि नयाँ नियम ल्याएको छ ।विदेशी नागरिकको हकमा लागू हुने गरी साउदी सरकारले गत सोमबार मे २४ तारिखदेखि नयाँ नियम ल्याए`को हो ।
साउदी सरकारको सम्बन्धित निकाय नागरिक उड्डयन प्राधि`करणले साउदी अरब प्रवेश गर्दा पालना गर्नुपर्ने नयाँ नियम`हरू जारी गरेको हो ।यदि कसैले साउदी सर`कारले जारी गरेको एकान्त|वास तथा क्वारेन्टिन सम्ब`न्धी नियमको उल्लंघन गरेमा निज`लाई पुनः साउदीमा आउन नपाउने गरी फिर्ता गरिने त्यहाँ`स्थित नेपाली दूतावासले जनाएको छ ।
साउदी पछिल्लो समय को`रोना संक्र`मणको दोश्रो लहर फैलिएसँ`गै थप कडाई गरिएको छ ।गैरआबासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिलेसम्म साउदी अरबमा मात्र ८८ नेपालीले कोरोना`का कारण ज्या`न गुमाएका छन् ।
यी हुन् उड्डयन प्राधिकरणले जारी गरेको नयाँ नियमहरु
– साउदी अरबमा प्रवेश गर्दा ८ वर्ष उमेरभन्दा माथिका सबैले आफ्नो पि.सि.आर. परीक्षणको नेगेटिभ रिपोर्ट बोके`को हुनुपर्ने वा कोभिड वि`रुद्धको खो`पको सबै डोज पुरा गरिसकेको आधि`कारिक प्रमाण साथमा राखेको हुनुपर्ने ।
– साउ`दीको अकामा भएका व्यक्तिले साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य वीमा गर्नु नपर्ने तर भिजिट भिसामा साउदी आउने यात्रुले कोरोना सं`क्रमणको उप`चार समेत कभर गर्ने किसि`मको स्वास्थ्य बीमा अनिवार्यरुपमा गरेको हुनुपर्ने ।
– कोरोना ` कभर गर्ने किसिमको स्वास्थ्य वीमा भन्नाले क्लिनिक वा इमर्जेन्सी वा अस्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनसम्मको संस्थागत क्वारेन्टिन खर्च`समेत व्यहोर्ने खालको स्वास्थ्य वीमा गरेको हुनुपर्ने ।
– साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनको अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने । कोभि`ड वि`रूद्धको खो`पको सबै डोज लगाई सकेकाहरू क्वारेनटिनमा बस्नु नपर्ने ।
– संस्थागत क्वारे|न्टिनको व्यवस्था यात्रु प्रवेश / आगमन गरेको शहरमै हुने ।साउदी आएको २४ घण्टाभित्र र ७ औं दिनमा गरी २ पटक पीसीआर परिक्षण गर्नुपर्ने । पि.सि.आर. परीक्ष`णमा ने`गेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिन`बाट बाहिर जान सकिने ।
-पीसीआर परी`क्षणको नेगेटिभ रिपोर्ट ७२ घण्टा`भित्रैको हुनुपर्ने ।८ वर्षभन्दा कम उमेरका बच्चाको पीसीआर परीक्षण गर्नु नपर्ने ।संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्र`मण देखिए`मा क्वारेन्टिनको अवधि १०-१४ दिनसम्मको हुने ।
– साउदीको अकामा भएको व्यक्तिमा साउदी आउने बित्ति`कै वा संस्थागत क्वारेन्टिन`मा बसेको बेला कोरोना संक्र`मण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उप`चार साउदी सरका`रले गरिदिने ।
– तर , भिजिट भिसा`मा साउदी आएको विदेशी नागरिक`मा साउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिन गई उपचा`र गर्नुपर्ने भएमा त्यस्तो व्यक्ति`को उप`चार निजको स्वास्थ्य वीमाले कभर गर्नुपर्ने । – खबर हब
प्रतिकृया दिनुहोस्