Friday, December 1

साउदीमा रहेका नेपालीका लागि दूतावासले निकाल्यो यस्तो सूचना, के छ सूचनामा ? हेर्नु-होस्

May 28, 2021 1648

साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबार`देखि राहदानी सम्बन्धी सेवा खुला गर्ने जनाएको छ । फ्रन्ट डेस्कमा काम गर्ने आफ्ना कर्म`चारीमा कोरोना संक्र`मण भएपछि केही समयदेखि बन्द रहेको राहदानी सम्बन्धी सेवा मे ३० अर्थात आउँदो आइतबारदेखि खुला गर्ने भएको हो ।

राहदानी सेवा`बाहेक मागपत्र प्रमाणीकरण लगायत दूता`वासबाट प्रदान गरिने अन्य सेवाहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहेको पनि दूतावासले जनाएको छ । दूतावासका अनुसार सार्वजनिक बिदाको दिनबाहेक आइतबारदेखि बिहीबार`सम्म राहदानी नवीकरणको काम हुनेछ भने बिहिबार र शुक्रबार राह`दानी वितरण गरिने छ ।

कोरोना संक्रमणको बढ्दो अवस्थाका कारण दूतावास`भन्दा बाहिर गएर राह`दानी संकलन गर्न सक्ने सम्भावना नरहेको पनि दूतावासले प्रष्ट पारेको छ । यस्तै राहदानी नवी`करण गर्न चाहने`लाई दूतावासमै आउन आग्रह गरेको छ ।

राहदानी नवीकरण गर्न आउँदा सक्कल राह|दानी, त्यसको एकप्रति फोटोकपी र नागरिकताको फोटोकपी अनिवार्य रुपमा ल्याउनुपर्ने छ । दूता`वासमा फोटो`कपी नगरिने दूता`वासले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै कोरोना नि`यन्त्रण र रोक`थामका लागि साउदी सरकारले जारी गरेका मापदण्डकाे पालना गर्न पनि त्यहाँ रहेका नेपाली`लाई दूता|वासले आग्रह गरेको छ । – उज्यलो अनलाइन

प्रतिकृया दिनुहोस्