Sunday, June 4

आज सुनको मूल्य घट्यो ? तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नु`होस्

May 28, 2021 3350

स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । प्रति तोलामा ४०० रुपैयाँले घटेर ९३ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसै गरी तेजाबी सुनको मूल्य भने प्रति तोला ९३ हजार ३०० रुपैयाँ रहेको छ ।चाँदीको भाउ भने यथावत नै रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसरी हुन्छ सुनको मूल्य निर्धारण

हाम्रा छिमेकका सुन पसलले हरेक दिन मूल्य निर्धारण कसरी गर्छन् होला ? नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘मूल रूपमा न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय हुन्छ। तर, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तय गर्छ।’

शाक्यका अनुसार नेपाली सम€यअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्य|लाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गु`णनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ।

अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसा`यीले राख्छन्।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने उनले बताए।

यसरी अन्तर्राष्ट्रिय बजारमा सुन महँगिँदा वा डलरको भाउ नेपाली मुद्राको तुलना`मा महँगो हुँदा पनि नेपाली बजारमा सुन महँगिन्छ। सरकारले भन्सार राजस्वको दर बढाइ`दिएको अवस्थामा पनि सुन महँगिन्छ। अहिले यी तिनै कुराले नेपालीका लागि सुन ज्यादै महँगो भएको हो।

प्रतिकृया दिनुहोस्