Thursday, June 1

कोरिया पुगेकी नेपाली युवतीको वास्तविक कथा

May 29, 2021 4833

मोवाइलमा कुरा गर्दै उनले भनिन, म तपाईको सेल्टरमा बस्न आउन लागेकी दिदी, कसरी आउने ? मैले सोधें, कहाँबाट आउन लागेको ? ‘जल्ला भुक्तोबाट ।’

हाम्रो सेल्टर कोरियाको पूर्वोत्तरतर्फको एक शहर सुवनमा छ । तर, उनी दक्षिण-पश्चिम क्षेत्रको जल्ला भुक्तो भन्ने ठाउँबाट आउन लागेको सुनेर मेरो मुखबाट अचा`नक निस्कियो, ओहो ! त्यति टाढाबाट ?

ट्रेनमा करिब चार घण्टाको यात्रा तय गर्नुपर्ने थियो उनले । सुवनयक (स्टेशन) सम्म ट्रेनमा आए|पछि हामी लिन आउँछौं, मैले भने ।सोही|बमोजिम उनी हाम्रो सेल्टरमा आइ`पुगिन् । मात्र ६ महिना भएको रहेछ, उनी इपीएस|मार्फत कृषि भिसामा को`रिया छिरेको ।

नेपालको हिमाली क्षेत्रमा जन्मेका उनी नेपाली भाषा बोल्दा पनि उनको मातृ`भाषाकै उच्चारण आउँथ्यो । बसमा यात्रा गर्दा बान्ता आउने भएकाले कालो प्लाष्टिक उनका साथमा थियो, जसले प्रष्टै पार्दथ्यो, उनको काठ|माडौं बसाइ लामो थिएन ।

माध्यामिक तहको मात्रै अध्ययन गरेकी उनी विवा|हिता हुन् । उनका बेरोजगार श्रीमान नेपालमै रहेछन् । सेल्टरमा आएको भोलिपल्टदेखि नै उनलाई पेट पोल्ने र टाउको दुख्ने रोगले सताएको उनले सुनाइन् । खाना पनि राम्रो खाइनन् । ६ महिना|भित्र नै उनले तीन ठाउँ काम परिवर्तन गरि`सकेकी रहिछन् । सागबारी गोड्ने|देखि भेडे खुसार्नी टिप्ने हुँदै रेष्टुरेन्टसम्म ।

कृषि भिसामा भए पनि कृषिकै साहुको रेष्टुरेन्ट भएकाले उनी रेष्टुरेन्टमा काम गर्न पुगिन् । त्यहीँ काम गर्दा बिरामी भएर काम गर्न नसकेपछि कामबाट निकालिइन् । त्यस`पछि उनी सेल्टरमा बस्न आइ`पुगेकी थिइन् ।

अर्कोर् काम खोज्नु`भन्दा पनि उनको उपचार प्राथमिकता थियो । त्यसैले नेपालीकै सहयोगमा अस्प`तालमा उनको सम्पूर्ण परीक्षण गरियो । तर, रिपोर्टमा कुनै रोग नदेखिए`पछि डिप्रे`शनले पनि यस्तो भएको हुन सक्ने चिकित्सकको सुझाव आयो ।

सामान्य केही औष|धि र सेल्टरमा सँगै बस्ने अन्य दिदी-बहिनीसँगको सामीप्यताले उनमा परिवर्तन आयो । उनी खाना राम्रै`सँग खान थालिन् । घुम्ने, डुल्ने र हाँस`खेल गर्न थालिन्, जसले उनको अनुहार हँसिलो हुँदै आयो ।एक दिन सेल्टरमा एक्लै भएका बेला उनले मसँग कोरियामा बस्दाको आफ्नो विगत खोलिन् । सुनेर मेरो मनै कुँडियो । उनले कोरिया आउँदाको पीडा ओकलिन् ।

कोरियाको इन्छन् एयरपोर्टमा ओर्लेर एकदिने तालिम सकिएपछि आ-आफ्नो साहु आएर लगे । हामी चार जना केटीहरु लाई एउटै साहुले लिएर खाङवन्दो लगेकोमा हामी खुशी भयौं । एक्लै-एक्लै कहाँ पुगिने हो भन्ने डर लागि`रहेको थियो, तर चारै जना सँगै बस्न पाउने भएर दंग परेका थियौं ।

काम पनि सजिलो थियो मुला र साग गोड्ने, काँक्रा टिप्ने । चार जना एउटै मोवाइल बाट पालै`पालो नेपालमा परिवार`सँग कुरा गर्थ्यौं ।तर, १५ दिन हुनासाथ साँझमा आएर साहुले तिमी`हरु भोलि नै यो ठाउँ छाड्नु भने । साहुको कुरा सुनेर हामी सबै|जना अक्क न बक्क पर्यौं । अर्को ठाउँमा काम खोज्न जानु, तिमी|हरुको पत्र मैले नोदुङबो (जब सेन्टर)मा पठाइ`सकेको छु । त्यहीँ गएर बुझ्नु, साहुले भन्यो ।

त्यो ‘जब सेन्टर’ कहाँ हो, कसरी जाने, सम्झेर चिन्तित बन्यौं सबै`जना । धन्न जब सेन्टरको ठेगाना कागजमा लेखेर साहुले दिए । भोलिपल्ट बिहान चारै`जना आ-आफनो सामान लिएर हिड्यौं ।

कहाँ जाने र कसरी जाने यो बिरानो ठाउँमा ? कोरियन भाषा पनि राम्रो बोल्न सकिँदैन । सबैको अनुहार मलीन थियो । त्यहाँ`बाट बस चढ्ने ठाउँसम्म एक|जनाले पुर्‍याइदियो । त्यहाँ पनि एक|जना कोरियनकै सह|योगमा ‘जब सेन्टर’को ठेगाना हेरेर बस स्टेशनसम्म जाने बस चढाइदियो ।

स्टेशनमा पुगेर उत्रियौं । त्यहाँ सहयोग गर्ने एक नेपाली युवा आउनमा ढीला भयो । सिमसिम पानी परेको थियो ।चिसोचिसो मौसममा झोला डोर्याउँदै खाना न पिना सडकमा चारैजना रुँदै हिँड्यौं । धन्न ती नेपाली युवाको सहयोगमा उनीहरुलाई बेलुकी चर्चको सेल्टरमा पुर्‍याइदिएपछि राहतको श्वास फेर्‍यौं ।’

रेष्टुरेन्टमा काम नगरेको दिनभर साहुले खाना पनि नदिएको र आफै किनेर खानलाई पनि ठाउँ नदेखेकाले भोकै बस्न परेको स्मरण पनि उनले गरिन् ।उनले रेष्टुरेन्टमा काम गर्दा लामो समय`सम्म एकजना पनि नेपालीको अनुहार`सम्म देख्न पाइनन् । उनले नेपाली कुरा सुन्न र बोल्न पाइनन् । एकजना नेपाली देख्नमात्रै पाए पनि हुन्थ्यो नि जस्तो एक्लो`पनले धेरै सताएको पी`डा पोखिन् ।

न त कोही नेपाली भेट्न पाइने, न त कुरा नै गर्न पाइने । किन कोरिया आएँछु, कहिले नेपाल फर्कौंजस्तै भएर निस्सासिएको अनुभूति उनले सुनाइन् ।उनको यो पीडा सुनेपछि नेपालमा इपीएसको र्फम भर्न मात्र भोक प्यास बिर्सेर प्रह`रीको लाठी खाँदै लाइनमा बसेका हजारौं युवा`युवतीलाई सम्झिएँ मैले । – केही वर्ष अघि अनलाइन खबर मञ्जु श्रेष्ठले लेख्नु भएको यो पीडा`दायी घटना`लाई पुन शेयर गरेका हौं ।

प्रतिकृया दिनुहोस्